आजबाट एसइई परिक्षा आवदेन खुल्ला

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा कक्षा-१० (एसइइ) २०७९ मा समावेश हुनकालागि रजिष्ट्रेशन फाराम र परीक्षा आवेदन फारम खुला गरेको जनाएको छ। बोर्डले शुक्रबार सूचना प्रकाशित गर्दै परीक्षा आवेदन र रजिष्ट्रेसन फाराम इन्ट्रीको काम अनलाइनबाटै गराउने जानकारी दिएको हो ।