सवारीसाधन जाँचपास नगरे तिर्नुपर्छ १ लाख जरिवाना

काठमाडौं। पुस १ गते अर्थात् आजदेखि प्रदूषण जाँचपास गर्न नसक्ने सवारीसाधनले एक लाखसम्म रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने वन तथा वातावरण विभागले घोषणा गरेको छ। प्रदूषण जाँचमा फेल भएका सवारी साधनले अत्याधिक मात्रामा वातावरण प्रदूषण गरेको भन्दै सरकारले यस्तो व्यवस्था अङ्गालेको हो। यदि सरकारको यो नियम पालना नगरे विभागले जुनसुककै समयमा पनि छड्के जाँच गर्न सक्ने बताएको छ।