प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण भूराजनीतिक सन्तुलनमा केन्द्रित हुने भएको छ । नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीसँगको सम्झौता पारित गरेपछि खलबलिएको सन्तुलन मिलाउन दाहालको भ्रमण केन्द्रित हुने स्रोतले जनाएको छ । संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गरी न्युयोर्कबाट उनी असोज ५ मा चीन जाने तालिका छ ।