दुईखाले मतपत्र भेटिएपछि कांग्रेस खोटाङको मतगणना स्थगित

खोटाङ – नेपाली कांग्रेस खोटाङको मतगणना स्थगित भएको छ। बिहीबार राति मतगणनाका क्रममा विवाद भएपछि गणना रोकिएको हो। जिल्ला सभापतिका उम्मेदवार सर्वधन राई समूहले मतपत्र दुई खालको भेटिएको भन्दै आवाज उठाएपछि मत गणना स्थगित भएको हो। मतपत्रका विषयमा असन्तुष्टि जनाउँदै सर्वधनको समूहले जिल्ला निर्वाचन अधिकृतको कार्यालयसमक्ष निवेदन दर्ता गराएको छ। १ हजार ३२२ मत खसेकामा […]

सम्बन्धित सामग्री

रुपन्देही २ मा पुनः मतदानको माग

बुटवल – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा मुचुल्कामा भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ। मतदान केन्द्रबाट तयार पारिएको मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले विरोध गरेपछि मतगणना रोकिएको हो। सत्ता गठबन्धनसहितका दलहरुले रुपन्देही २ मा पुनः मतदानको माग गरेका छन्। नेपाली कांग्रेस, […]

कांग्रेस महाधिवेशन : उदयपुर २ (क) मा मतपत्र च्यातियो

उदयपुर- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत उदयपुरमा प्रदेशस्तरीय (चार प्रदेश निर्वाचन क्षेत्र) मध्ये तीन स्थानमा निर्वाचन भएको छ । निर्वाचन क्षेत्र २ (क) मा दुवै पक्षबीच कुटाकुट हुँदा चार वटा मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको छ । उदयपुरमा चार प्रदेश निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र १ (क) (ख) निर्वाचन क्षेत्र २ को (ख) को मतपरिणाम सार्वजनिक […]

कांग्रेस जुम्ला अधिवेशन : प्रदेश मतगणना स्थगित

जुम्ला कांग्रेस अधिवेशनको प्रदेश (क) र (ख) दुवै क्षेत्रको मतगणना स्थगित गरिएको छ। प्रदेशको मतगणना शनिबार विहान ५ वजेदेखि स्थगित भएको हो।  मतदान गरेको मतपत्र गणना गर्ने क्रममा विवादित भएपछि मतगणना...