२० सदस्यीय मन्त्रिमण्डल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिशमा नियुक्त मन्त्रीहरूलाई राष्ट्रपति कार्यालय शीतल निवासमा बुधवार आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी सम्मिलित गठबन्धन तोडेर प्रधानमन्त्री दाहाल नयाँ सत्ता समीकरणमा गएपछि मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो । नवगठित मन्त्रिपरिषद्मा माओवादी केन्द्र, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीको सहभागिता छ ।  शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री दाहाल, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।  पहिलो चरणमा विनाविभागीय मन्त्रीका रूपमा नियुक्त भएका नेकपा (एमाले)का पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले मंगलवार शपथ लिएका थिए । मन्त्रीमण्डल पुनर्गठनका क्रममा बुधवार एमालेका गिरीलाई कानून, न्याय तथा संसदीय मामिला, माओवादी केन्द्रका तामाङलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र राष्ट्रिय स्वतन्त्र पार्टीका अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी तोकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ । बाँकी स्वास्थ्य तथा जनसंख्या र वन तथा वातावरण मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्नुहुनेछ । 

सम्बन्धित सामग्री

प्रचण्डको नेतृत्वमा २० सदस्यीय मन्त्रिमण्डल, कसलाई कुन मन्त्रालय?

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद विस्तार गरेका छन् । यसअघि सोमबार उनले तीन मन्त्रीहरुलाई बिनाविभागीय जिम्मेवारीमा पठाएका थिए। प्रधानमन्त्री दाहालले एमालेका ८, माओवादीका आफूसहित ६, रास्वपाका ४ र नेकपा समाजवादीका २ गरी २० सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्। प्रधानमन्त्री दाहालले बाँकी १९ जनाकै जिम्मेवारी पनि तोकेका छन्। प्रधानमन्त्री सचिवालयका अनुसार एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री […]

प्रचण्ड नेतृत्वमा आठ सदस्यीय मन्त्रिमण्डल गठन

काठमाडौं  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले तीन उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन्।  उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ...

तीन उपप्रधानसहित आठ सदस्यीय मन्त्रिमण्डल गठन

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। सोमबार राष्ट्रपति भवन शीतल निवासमा विद्यादेवी भण्डारीसँग प्रधानमन्त्रीले शपथ लिएसँगै ३ उपप्रधानमन्त्री र ४ मन्त्रीले शपथ लिएका छन्। उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन्। पौडेलले अर्थ, श्रेष्ठले भौतिक पूर्वाधार र लामिछानेले गृह […]

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रिमण्डल

पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रिमण्डल गठन भएको छ । मन्त्रिमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ । पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ गराएका हुन् । पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ । उनीहरुमध्ये तीन जना राज्य मन्त्री हुन् भने ३१ जना मन्त्री हुन् । राष्ट्रपति अरिफ अल्भीले सपथ गराउन अस्वीकार गरेपछि केही दिन पछाडि सारेर सपथ गराइएको हो । प्रधानमन्त्री शरिफ यही अप्रिल

श्रीलंकामा राजापाक्षेले गरे १७ सदस्यीय मन्त्रिमण्डल गठन

कोलम्बो–संकटमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले १७ सदस्यीय मन्त्रिमण्डल गठन  गरेका छन् । विपक्षीले राजीनामाको माग गर्दै विरोध प्रदर्शन भइरहेका बेला राजापाक्षेले १७ सदस्यीय मन्त्रिमण्डल नियुक्त गरेका हुन् ।राजापाक्षेले सुरुमा आफ्नो मन्त्रीहरूको मन्त्रिपरिषद् बर्खास्त गरेर विपक्षीलाई नयाँ सरकार गठन गर्न आह्वान गरेका थिए । तर, उनको प्रस्तावलाई विपक्षीले अस्वीकार गरेका थिए । तर, उनले अहिले आफ्नो पार्टीका केही सदस्यलाई विभिन्न पदमा पुनः नियुक्त गरेका छन् ।सन् १९४८ मा बेलाय

लुम्बिनीमा सात सदस्यीय मन्त्रिमण्डल बन्ने, आजै शपथ हुने

बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सुरुमा सात सदस्यीय मन्त्रिमण्डल गठन गर्ने भएका छन्। उनले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरू समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। बिहीबार कांग्रेसबाट डिल्लीबहादुर चौधरी, माओवादीबाट कृष्णध्वज खड्का, जसपाबाट सहसराम यादव, पुरमती ढेंगा, सुमन शर्मा रायमाझी र स्वतन्त्रबाट अजय शाही मन्त्री बन्ने भएका छन्।

मोदीले बिस्तार गरे ४३ सदस्यीय मन्त्रिमण्डल, को–को परे ? (सूचीसहित)

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद बिस्तार गरेका छन् । बुधबार साँझ प्रधानमन्त्री मोदीले १५ मन्त्री र २८ राज्यमन्त्रीसहित ४३ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका हुन् ।केन्द्रीय मन्त्रीहरुमा नारायण राणे, सर्वानन्द सोनोवालसहित मध्य प्रदेशका ज्योतिरादित्य सिन्धिया र वीरेन्द्र कुमार लगायतले सपथ लिएका छन् ।त्यस्तै २८ राज्यमन्त्रीले पनि सपथ लिएका छन् । जसमा उत्तर प्रदेशका अनुप्रिया पटेल र पंकज चौधरी लगायत सामेल छन् ।यी हुन् १५ केन्द्रीय मन्त्रीनारायण राणेसर्बानन्द सोनोवालवी

पुनर्गठित मन्त्रिमण्डल : एमालेबाट को ‘इन’ को ‘आउट’ ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिमण्डल हेरफेर गरेका छन् । यसअघिको १८ सदस्यीय मन्त्रिमण्डल रहेकोमा ओलीले पुनर्गठित मन्त्रिमण्डल १७ सदस्यीय बनाएका छन् । जसमा १२ नयाँ मन्त्री थपिँदा १३ ले विदावारी पाएका छन् । विदावारी पाउनेमा सबै एमालेका छन् । थपिएका १२ मध्ये १० जना जसपाका छन्  ।जसमा ३ उप्रधानमन्त्री, १२ मन्त्री र २ राज्यमन्त्रीसहितको १७ सदस्य रहेका छन् । यसअघि एकजना उपप्रधानमन्त्री रहेकोमा अव ती उपप्रधानमन्त्री भएका छन् । पुनर्गठित मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीले रक्षा, गृह

यस्तो बन्यो लुम्बिनी प्रदेशको १० सदस्यीय मन्त्रिमण्डल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले १० सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले  मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरी कार्यविभाजन गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार वैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने हरि प्रसाद रिजाललाई ग्रामिण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी चेतनारायण आचार्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भोज प्रसाद श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या, सन्तोष कुमार पाण्ड...