कुमाललाई माटोका भाँडा बनाउन भ्याइनभ्याइ

धनुषा, २४ कात्तिक । दसैँ पर्व सकेर यतिबेला यहाँका कुमाल समुदाय (माटाका भाडा बनाउने जाति) तिहार र छठपर्वको खर्च जोहो गर्न जुटेका छन् । उज्यालोको पर्व तिहार घरआँगनमा प्रवेश गरिसकेको अवस्थामा माटाका भाँडा बनाउने कुमाल जातिलाई यतिबेला भ्याइनभ्याइ छ । अघिपछिको समयमा फुर्सदिला बनेका कुमाल जाति दीपावली, छठ पर्व आएपछि व्यस्त हुने गरेका छन् । […]

सम्बन्धित सामग्री

प्लास्टिकका भाँडाले माटोका भाँडा लोप हुँदै

दमौली– बढ्दो आधुनिकतासँगै प्लास्टिकका भाँडा प्रयोग हुन थालेपछि माटोका भाँडाले बजार पाउन छाडेको छ । बजारमा सहज रुपमा पाइने प्लास्टिकका भाँडाका कारण माटोका भाँडा लोप हुने अवस्थामा पुगेको हो । आँबुखैरेनी गाउँपालिका–१ सत्रसयफाँटमा लामो समयदेखि माटोका भाँडा बनाउँदै आएका चन्द्रकृष्ण प्रजापतिले आधुनिकता तथा सहजताका कारण प्लास्टिकका सामग्री प्रयोग गर्ने बढेसँगै माटाको भाँडा प्रयोग गर्ने घटेको […]

भक्तपुरका कुमालेलाई माटोका पाला र भाँडा बनाउन भ्याइनभ्याइ

तिहार लागेसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ तालाक्वो पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय तिहार सुरु नहुँदैदेखि माटोका भाँडा बनाउन व्यस्त छ ।

प्रविधिले माटोका भाँडा बनाउन सहज

दाङ– गढवा गाउँपालिका–१ पत्रिङ्गा निवासी राजकुमार थारु कुमाललाई विगतमा जस्तो अहिले आफै माटो मुच्छने, माटोका सामग्री बनाउँदा चक्का हातले घुमाउनु पर्ने र बनाएका भाँडा पकाउन दाउरा खोज्नु पर्ने समस्या छैन । परम्परागत पेसालाई आधुनिकीकरण गर्ने उद्देश्यले प्रदेश तथा स्थानीय सरकारले माटो मुछ्ने मेसिन, सामग्री बनाउन चक्का घुमाउने मोटरसँगै बनाएका माटोका भाँडा पकाउन आधुनिक भट्टी निर्माण […]

चाडपर्व नजिकिएसँगै माटोका भाँडा बनाउन भ्याईनभ्याई

महोत्तरी– चाडपर्व सुरु भएसँगै प्राचीन मिथिला क्षेत्रका माटोका भाँडा बनाउने कुम्हाल र मूर्तिकारको व्यस्तता पनि बढेको छ । दुई दिनपछिको विश्वकर्मा पूजा र त्यसपछि लगत्तैको चौरचण्ठ (चौरचन) पर्वमा आफूले बनाउनका सामग्री बिक्री हुने भएपछि कुम्हाल र मूर्तिकार सीपमुलक काममा व्यस्त भएका हुन् । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गर्ने हिन्दू–मैथिल परम्परा […]

माटोका भाँडा बनाउन कुमालेलाई भ्याईनभ्याई

२४ भदौ, जनकपुर । धनुषासहित मिथिलाञ्चलका कुम्भकार (कुमाले) चौठचन्द्र पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउन व्यस्त छन् । माटोका भाँडामा खिर, दही, फलफूलसहितका प्रसाद सामग्री राखी चन्द्रमालाई अर्घ दिएर मनाइने ‘चौठचन्द्र’ पर्वका लागि व्रत बस्नेलाई माटाको भाँडो पुर्‍याउन कुम्भकारलाई भ्याइनभ्याइ छ । तराई-मधेसमा भदौ चतुर्थी तिथिका दिन चौठचन्द्र पर्व मनाउने गरिन्छ । दुई साताअघिदेखि क्षीरेश्वरनाथ […]

बिक्री हुन छाडे माटोका भाँडा

वि.सं २०६२ मा देउखुरी सेरामिक उद्योगको नाममा व्यवसाय दर्ता नै गरेर पुख्र्यौली पेसा सञ्चालन गर्न सुरु गरेका गढवा–६ का लिलाराम कुमालको माटोका भाँडा बनाउने पेसा खुम्चँदै गयो । माटोबाट बन्ने जति सबैखाले भाँडा बनाउने उनले अरु बिक्न छाडे पनि बिक्री हुने कप, प्लेटजस्ता माटोका भाँडा बनाउन उद्योग दर्ता गरेरै काम सुरु गरे । त्यो पनि […]

‘माटोका भाँडा बनेको हेर्ने भिडले खरिद गर्दैन’

बर्दिबासमा जारी बर्दिबास महोत्सवमा रवीन्द्र पण्डित कुम्हालले घुमाएको चक्र हेर्नेको भिड ठूलो छ। चक्र घुमेको हेर्दै रमाइरहेका उनीहरुमध्ये धेरै त घुमेको चक्रको दृश्य मोबाइलमाकैदगर्न व्यस्त छन् । महोत्सव सुरु भएको छ दिन यतादेखि घुमिरहेकै छ कुम्हालेको चक्र र त्यो हेर्नेको भिड पनि बढिरहेकै छ । अझ महोत्सवमा आउने युवा तथा विद्यार्थीहरुघुमिरहेको चक्रबाट माटोका भाँडा बन्दै […]

माटोका भाँडा नबिक्दा पेसा सङ्कटमा

काठमाडौँ,२५ मँसिर । कुनै समय यस्तो थियो, जतिबेला माटाका भाँडाबाट हुने आम्दानी राम्रो थियो । कुमाल समूदायको मुख्य आम्दानीको स्रोत नै यही थियो । दाङ गढवाका कुमाल समूदायहरु माटाका भाँडा बिक्री गर्न घोराही, लमही तुलसीपुर, भालुवाङ हुँदै सल्यान, प्यूठान, नेपालगञ्ज, कैलाली र कञ्चनपुरसम्म पुग्थे । अहिले त्यस्तो समय छैन । माटाका भाडालाई प्लास्टिकका आयातित भाँडाले […]

माटोका भाँडा किन्नेको भीड

काठमाडौँ,३ कार्तिक । सप्तरीको राजविराजस्थित हटियामा लक्ष्मीपूजा अर्थात् दिपावलीको अवसर पारेर बजारमा माटोका दियासहितका भाँडा किन्नेको दैनिक भीण्ड लाग्ने गर्दछ । लक्ष्मी पूजा नजिकिँएसँगै बजारमा माटोका भाँडादेखि विभिन्न पूजाका सामग्री किन्नेको चहलपहलसमेत बढेको देखिन्छ । कुमाल जातीले बनाउने माटोका मूर्ति, सरसामान अति नै शुद्ध हुने भएकाले यसको बिक्रिवितरणमा वृद्धि भएको जनाइएको छ । पूजापाठमा माटोद्वारा […]

छठ पर्वका लागि माटोका भाँडा बनाउन चटारो

सिरहा धनगढीमाई–७, कसहाका ४८ वर्षीय अर्जुन पण्डित (कुम्हाले) लाई अहिले भ्याई–नभ्याई छ । उनीमात्र हैन यहाँका करिव ४० घर परिवार पण्डितहरू छठ पर्वका लागि माटोका भाँडा बनाउन व्यस्त छन् । छठ पर्वका लागि दियो, डिबिया, पाला, धुपैरो, हात्ती, कोसिया, कुर्वार, मट्का (माटोको गाग्री) लगायतका सामग्रीको माग बढेपछि कुम्हाले समुदायलाई चटारो भएको हो ।तराईको सांस्कृतिक पर्व छठमा पूजाका लागि चाहिने माटाका भाँडाको माग यो समय अत्यधिक बढ्ने गर्छ । अर्जुन भन्छन्, ‘दसैँ बितेसँगै म, कान्छो छोरा रामवृक्ष