विद्यालयको आधारभूत विवरण पठाउन स्थानीय तहलाई निर्देशन

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कार्यक्रम तर्जुमा गर्न विद्यालयहरुको आधारभूत विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिएको छ । केन्द्रले सूचना जारी गर्दै विवरण चैत्र २२ गते भित्र अनलाइनमार्फत अद्यावधिक गर्न र उक्त फारामको प्रमाणित प्रति इमेल गर्न अनुरोध गरेको छ । आर्थिक वर्ष २०७९/०८० को वार्षिक […]

सम्बन्धित सामग्री

अनुदानका लागि प्रस्ताव माघभित्रै पठाइसक्नुपर्ने

काठमाडौं। संघीय समपूरक तथा विशेष अनुदानअन्तर्गत प्रदेश र स्थानीय सरकारबाट आगामी आर्थिक वर्ष (आव) २०८१/८२ मा सञ्चालन गरिने आयोजना तथा कार्यक्रमका लागि माघ मसान्तभित्रै प्रस्ताव पठाउनुपर्ने भएको छ । प्रदेश सरकार तथा स्थानीय तहले सञ्चालन गर्ने आयोजना/कार्यक्रमको प्रस्ताव माघभित्रै राष्ट्रिय योजना आयोगले सञ्चालन गरेको विद्युतीय प्रणालीमार्फत पठाइसक्न सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत दुवै तहका सरकारहरूलाई ताकेता गरेको हो ।  प्रस्ताव पेश गर्दा प्रदेश सरकारले सञ्चालन गर्ने आयोजना/कार्यक्रमको हकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सम्बद्ध प्रदेश नीति तथा योजना आयोगको प्राथमिकीकरणसहित र स्थानीय तहको हकमा सम्बद्ध महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाबाट पेश गर्नु पर्नेछ । समपूरक अनुदानका लागि कृषि तथा पशुपालन पूर्वाधार, खानेपानी पूर्वाधार, आवास तथा बस्ती पूर्वाधार, वन, वातावरण, जलधार, सिँचाइ तथा नदी नियन्त्रण पूर्वाधार, शैक्षिक पूर्वाधारलगायत क्षेत्र तोकिएको छ ।  आयोजना/कार्यक्रम प्रस्ताव पेश गर्ने सम्बन्धमा आवश्यक विवरण संघीय समपूरक अनुदान प्रस्ताव फारम भर्दा त्यसको आवश्यकता र औचित्य पुष्टि हुने गरी उत्पादन, उत्पादकत्व अभिवृद्धि तथा दिगो रोजगारी सृजना हुने उद्देश्यका आयोजना एवं भूकम्प तथा अन्य विपद्बाट भएको क्षतिलाई समेत सम्बोधन गर्ने गरी कानूनत: जिम्मेवारी प्राप्त पदाधिकारीबाट निर्णय गरी पूर्वतयारी सम्पन्न भएका आयोजना/कार्यक्रम मात्र पेश गर्न भनिएको छ । आगामी आवका लागि यसअघि संघीय समपूरक अनुदान प्राप्त गरी कार्यान्वयनमा गएका र सम्पन्न हुन बाँकी रहेका आयोजना सम्पन्न गर्नेतर्फ विशेष प्राथमिकता दिनु र समपूरक तथा विशेष अनुदान पेश गर्ने अनलाइन पोर्टलमा यसअघि स्वीकृत आयोजनाको प्रगति विवरण भर्दा विभिन्न विकल्पहरू (आयोजना सम्पन्न भएको, आयोजना रद्द गरिएको वा आयोजना सम्पन्न नभएको) मध्ये एक छनोट गर्न भनिएको छ ।  आयोजना सम्पन्न नभएको अवस्थामा आयोजना सम्पन्न गर्न चाहिने थप रकम विवरण, सम्बद्ध तहले बेहोर्ने रकमको विवरण र कम्तीमा २ वर्षभित्र आयोजना सम्पन्न गर्ने सुनिश्चिततासहित उपयुक्त आधार र पुष्ट्याइँसहित निर्णय गरिएको विवरण पेश गर्नुपर्ने, सम्पन्न नभएको आयोजना वा क्रमागत आयोजना प्रस्ताव नगरी नयाँ आयोजना प्रस्ताव गरिएको अवस्थामा अधुरो वा क्रमागत आयोजना आफ्नै आन्तरिक स्रोतबाट सम्पन्न गर्ने प्रतिबद्धता र त्यसको स्पष्ट आधारसमेत पेश गर्नुपर्ने, प्रदेश सरकारको हकमा क्रमागत र नयाँसहित गरेर १५ ओटासम्म तथा स्थानीय तहको हकमा क्रमागत र नयाँसहित गरेर अधिकतम ५ ओटासम्म आयोजना प्रस्तावको रूपमा पेश गर्न सकिनेछ । त्यसरी प्रस्ताव गर्दा प्राथमिकीकरणसमेत निर्धारण गरी पेश गर्न भनिएको छ । विशेष अनुदानका क्षेत्रमा शैक्षिक विकास, आधारभूत स्वास्थ्य, खानेपानी आपूर्ति, सामाजिक न्याय तथा समावेशीकरण, तहगत सन्तुलन, खाद्य सुरक्षाजस्ता क्षेत्र तोकिएको छ । विशेष अनुदान माग गर्दा आयोजना प्रस्तावका लागि आयोजना/कार्यक्रमको प्रस्तावमा अपेक्षित उपलब्धिसहित आर्थिक, सामाजिक, वातावरणीय र लैंगिक समानता र सामाजिक समावेशीकरणका पक्षहरूको विश्लेषण, आयोजनाको दिगोपन सुनिश्चित हुने आधारसहित कुल लागत अनुमान खुल्ने आवश्यक कार्यक्रम प्रस्ताव (क्रियाकलापसहित) पेश गर्न भनिएको छ । त्यसबाहेक सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन, विस्तृत इन्जिनीयरिङ प्रतिवेदन, इन्जिनीयरिङ डिजाइन, ड्रइङ डिजाइन/स्पेसिफिकेशन सहितको विस्तृत प्रतिवेदनमध्ये एक पेश गर्नुपर्ने भनिएको छ । कुल लागत अनुमानमा चालू, पूँजीगत खर्चको अंश खुलाई स्वीकृत अनुमान पेश गर्नुपर्नेछ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै स्थानीय तहलाई सर्कुलर जारी गर्दै माघ मसान्तभित्र त्यस्ता अनुदानमा सञ्चालित परियोजनाको प्रस्ताव पठाउन भनेको छ ।

झोलुङ्गे पुलको माग पेश गर्न स्थानीय तहलाई विभागको निर्देशन

१७ माघ, काठमाडौं । स्थानीय पूर्वाधार विभागले देशभरका स्थानीय तहहरुलाई आवश्यकता अनुसार झोलुङ्गे पुलको माग पेश गर्न परिपत्र गरेको छ । सोमबार विभागले परिपत्र गर्दै आधारभूत सेवाको पहुँच हरेक आधा घण्टाको फेरोमा ल्याउने लक्ष्य लिएकोले यसका लागि आवश्यक पर्ने झोलुङ्गे पुलको माग विवरण एक महिनाभित्रमा पठाउन भनेको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमलाई उच्च प्राथमिकतामा […]

आधारभूत अस्पतालका लागि डिपिआर पेस गर्न आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६५५ स्थानीय तहलाई आधारभूत अस्पतालका लागि विस्तृत परियोजना विवरण (डिपिआर) पठाउन आग्रह गरेको छ।मन्त्रालयले ती स्थानीय तहले आधारभूत अस्पताल निर्माणका लागि डिपिआर नबुझाउँदा अस्पताल निर्माणका लागि बजेट विनियोजन गर्न समस्या परेकाले सो आग्रह गरेको हो। मन्त्रालयकाअनुसार स्थानीय तहमा अस्पताल निर्माणका लागि आवश्यक जग्गाको सुनिश्चितता र डिपिआर तयार गरी पठाउन निर्देशन दिइएको छ।