लुम्बिनीकी राज्यमन्त्री बिमला वली डिस्चार्ज

२ असार बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छन् । मंगलबार राति करिब १ बजे बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी वली बिहीबार दिउँसो ११ बजे डिस्चार्ज भएकी हुन् । दाङबाट बुटवलमा आएकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेकोले डिस्चार्ज गरिएको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी […]

सम्बन्धित सामग्री

स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज

बुटवल : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छिन्। मंगलवार राति स्वास्थ्यमा समस्या देखिएको भन्दै बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी राज्यमन्त्री वली बिहीबार दिउँसो डिस्चार्ज भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए। अहिले स्वास्थ्य अवस्था स्थिर रहेकाले निवासमै आराम गरि औषधी सेवन गर्ने…

स्वास्थ्य राज्यमन्त्री बिमला वली डिस्चार्ज

पछिल्लो समय स्वास्थ्य अवस्था स्थिर रहेकोले आराम र औषधी सेवन गर्ने गरी डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।

लुम्बिनी प्रदेशमा बजेट विनियोजन सुरु

लुम्बिनी प्रदेशमा बजेट विनियोजन सुरु भएको छ । लुम्बिनी प्रदेशको २५ मिनटका लागि स्थगित भएको प्रदेशसभा बैठक सुरु भएको हो । स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणको सरकारले जवाफ नदिँदासम्म बैठक चल्न नदिने एमालेको घोषणासँगै बैठक २५ मिनेटलाई स्थगित भएको थियो । सरकारले जवाफ दिने भएपछि बैठक सुरु भएको हो । यसअघि एमाले संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले राज्यमन्त्री वली प्रकरणमा मुख्यमन्त्रीको जवाफ माग गरेका थिए । सरकारको तर्फबाट प्रदेशका आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले जवाफ दिँदै छन्

राज्यमन्त्री वलीको विषय उठाउँदै एमालेले गर्‍यो लुम्बिनी प्रदेश सभा वैठक अवरोध

१ असार,बुटवल । स्वास्थ्य राज्यमन्त्री विमला वली प्रकरणले बजेट प्रस्तुतका लागि बसेको लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरणबारे सरकारले प्रदेश सभा वैठकमा जवाफ नदिँदा सम्म बैठक चल्न नदिने …

लुम्बिनी प्रदेशसभामा बैठक २५ मिनेटका लागि स्थगित, वली प्रकरणमा सरकारले जवाफ दिने

बुटवल : आर्थिक वर्ष २०७९/८० को बजेट सदनमा प्रस्तुत गर्नका लागि बसेको लुम्बिनी प्रदेशसभाको बैठक २५ मिनेटका लागि स्थगित भएको छ। प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री बिमला वली प्रकरण उठाउँदै नेकपा एमालेले बैठक अवरुद्ध गरेको थियो।  सरकारले जवाफ नदिँदा सम्म बैठक चल्न नदिने भनेर एमालेले अवरुद्ध गरेपछि बैठक २५ मिनेटलाई स्थगित…

बिमला वली मन्त्रीमा रहने या नरहने टुंगो कार्यदलले लगाउने

काठमाडौं, १ असार । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीमाथि छानविन गर्न कार्यदल गठन भएको छ । प्रदेश सरकारले नै उनीमाथि छानबिन गर्न समिति गठन गरेको हो । प्रदेशका आन्तरिक मामला तथा सञ्चारमन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा कानूनमन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य […]

महिलामाथि कुटपिट गरेको आरोपमा प्रदेश राज्यमन्त्री बिमला वली प्रहरी नियन्त्रणमा

बुटवल- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला कुमारी वली खत्री प्रहरी नियन्त्रणमा पुगेकी छन्। परपुरुषको घरमा गएर पत्नी र छोरीलाई कुटपिट गरेपछि स्थानीयले ढोका थुनेर वलीलाई प्रहरीको जिम्मा लगाएका हुन् । राज्यमन्त्री वलीले आफ्नो घरमा आएर आफ्नो श्रीमानलाई मेरो पोइ खोइ भन्दै घरभित्र आएर आफूलाई कुटपिट गरेको पीडित महिलाले बताएकी छन् । बिमलाले एकराज बस्नेतलाई आफ्नो […]