धादिङ अस्पतालमा एपेन्डिसाइटिस सेवा सुरु

धादिङ । धादिङ अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिस सेवा सुरु भएको छ । अस्पतालमा आधुनिक शल्यक्रिया कक्ष, आफ्नै अक्सिजन प्लान्ट निर्माण र दक्ष जनशक्तिको व्यवस्थापन व्यवस्थापन गरेपछि मात्र सो सेवा सुरु गरिएको हो । धादिङमा ज्याला मजदुरी गरेर बस्ने दोलखाका २४ वर्षीय खड्गबहादुर मगरको पहिलो सफल शल्यक्रिया गरिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले बताए । […]