गण्डकी प्रदेश : सांसदको जोडघटाऊ नमिलेपछि सभामुखको राजीनामाबारे छलफल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा गरेपछि प्रदेश प्रमुखले पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको विहीबार एक महिना पुग्दै छ । संसदमा ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले संविधानअनुसार एक महिनाभित्रै अर्थात् विहीबारभित्रै विश्वासको मत लिनुपर्छ ।आइतबार सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको  सांसद पद थमौती गरिदिएपछि गण्डकीमा सत्तापक्ष र प्रतिपक्ष दुबै दलहरु बहुमत सिद्ध गर्न नसक्ने स्थितिमा पुगेका छन् ।नेकपा एमाले र विपक्षी काँग्रेसलगायत