बाँझिएका जमिन भाडामा लिएर सामूहिक खेती, वर्षमै पाँच लाखको अम्रिसो

पाल्पा : पूर्वखोला गाउँपालिका–२ जल्पस्थित ढोलीमाराका किसानले सामूहिक किवी खेती गरेका छन्।बाँझिएका जमिन भाडामा लिएर उनीहरूले किवी खेती सुरु गरेका हुन्। बसाइँसराइ गरी गाउँ छाडेर गएका परिवारको जमिन भाडामा लिएर किवी खेती गरिएको हो। २५ रोपनी जमिनमा किवी रोपिएको छ। जमिनको वार्षिक ५ हजार भाडा तिर्छन्। यहाँ करिब एक हजार विरुवा रोपिएको छ। दुई वर्षअघि रोपिएका ती विरुवाले फल दिन थालेको ढोलीमारा कबुलियती वन समूहका अध्यक्ष पहलसिंह घर्तीले बताए।२०७१ सालतिरको कुरा हो। आफू काभ्रेपलाञ्चोक भ्रमण जाँदा किवी

सम्बन्धित सामग्री

बाँझो जग्गा खोजेर सामूहिक खेती गर्दै विप्लव

१० चैत, बुटवल । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हिजोआज देशका धेरै ठाउँमा सामूहिक खेती गरिरहेको छ । शैक्षिक संस्था र व्यक्तिका बाँझो जग्गा भाडामा लिएर देशका विभिन्न जिल्लामा गरी करिब ८० ठाउँमा सामूहिक खेती गरिएको सो पार्टीका नेताहरुले बताएका छन् । नेकपाले केही ठाउँमा उद्योग पनि सञ्चालन गरेको छ । नेकपाले केन्द्रीय […]

हात्तीमैत्री ‘सामूहिक खेती’

झापा, १४ चैत । जङ्गली हात्तीको क्षतिबाट आजित झापाको बाहुनडाँगीका किसानले हात्तीमैत्री अवधारणाअन्तर्गत सामूहिक खेती सुरुआत गरेका छन् । बालीमा गाईभैँसी र बाख्रालाई जस्तो हात्तीको प्रवेशलाई निषेध गर्न नसकेपछि हात्तीमैत्री अवधारणा प्रयोगमा ल्याइएको स्थानीयवासी बताउँछन् । मेचीनगर नगरपालिका वडा नं ४ को प्रधानगाउँका ५० वर्ष उमेर नाघेका २६ किसानले हात्तीमैत्री किसान समूह गठन गरी अढाई […]

झापाकाे बाहुनडाँगीमा हात्तीमैत्री ‘सामूहिक खेती’

झापा - जङ्गली हात्तीको क्षतिबाट आजित झापाको बाहुनडाँगीका किसानले हात्तीमैत्री अवधारणाअन्तर्गत सामूहिक खेती सुरुआत गरेका छन् । बालीमा गाईभैँसी र बाख्रालाई जस्तो हात्तीको प्रवेशलाई निषेध गर्न नसकेपछि हात्तीमैत्री अवधारणा प्रयोगमा ल्याइएको स्थानीयवासी बताउँछन् ।  मेचीनगर नगरपालिका वडा नं ४ को प्रधानगाउँका ५० वर्ष उमेर नाघेका २६  किसानले हात्तीमैत्री किसान समूह गठन गरी अढाई बिघा जग्गा भाडामा लिएका छन् । जग्गामा किसानले तरकारी खेती लगाएका छन् । भर्खरै उनीहरूले आलु फलाएका छन् भने भिण्डी, टमाटर, घिरौला, बोडी, फ...

चैते धानको सामूहिक खेती

पोखरा । कास्कीको दक्षिण क्षेत्रमा पर्ने सुरौदी खोला किनारमा चैते धान खेती प्रचलन बढेको छ । पछिल्ला वर्षहरूमा नदीजन्य वस्तु ढुंगा, गिट्टी, बालुवा जथाभावी उत्खनन बढेसँगै नदीले कटान गर्न थालेपछि यहाँका किसान चैते धानखेतीतर्फ आकर्षित देखिन्छन् । बर्खाको समयमा नदीमा बाढी जाँदा खेतीयोग्य जमीन बगरमा परिणत हुँदै गएको छ । अहिले खोलाको कुर्लिङ क्षेत्रस्थित नरपतेमा किसानको एउटा समूहले चैते धानखेती गरिरहेको छ । यहाँ बाँझो रहेको जमीनमध्ये २ सय रोपनी क्षेत्रफल जमीनमा चैते धान रोपाइँ भइरहेको छ । कतिपय स्थानमा रोपेको धान हरियो भइसकेको छ भने कतिपय गह्रामा रोप्ने क्रम जारी छ । यहाँका १२ कृषक परिवारले एउटा समूह नै बनाएर चैते धान खेती गरिरहेका छन् । विगत दुई दशकदेखि बाँझो रहेको खेतमा पछिल्ला केही वर्षयता चैते धान रोपाइँ थालिएको समूहमा आबद्धहरू बताउँछन् । ‘कृषिप्रतिको चासो घटेसँगै पछिल्ला वर्ष सुरौदी क्षेत्रमा धेरै जग्गा बाँझो बनेको छ,’ समूहका अध्यक्ष हरिप्रसाद आचार्यले भने, ‘बाँझो जग्गामा खेती गरी उत्पादन बढाउन अन्य कृषकलाई पनि अभिप्रेरित गर्ने उद्देश्यले हामी सामूहिक चैते धानखेतीतर्फ लागेका छौं ।’ कृषकको जागरुकतासँगै सामूहिक चैते धानखेतीमा पोखरा महानगरपालिका कृषि महाशाखाले पनि चासो दिएको छ । महाशाखाले धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत किसानलाई उन्नत जातको चैते–५ र हर्दिनासे बीउ ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । चैते धान खेती प्रोत्साहनका लागि आगामी दिनमा ५० प्रतिशत अनुदानमा कुटानी पिसानी मेसिन, मिनी टिलर, त्रिपाल, मिनी थ्रेसरलगायत उपकरण सहयोग गरिने महाशाखा प्रमुख मनोहर कडरियाले बताए । समूहले आगामी दिनमा व्यावसायिक तरकारीखेती गर्ने योजनासमेत बनाएको समूहका सदस्य एवं कुर्लिङ पशुपक्षी तथा कृषि फर्मका सञ्चालक चेतबहादुर महतले बताए । उनका अनुसार पछिल्ला वर्षमा यहाँ कृषक व्यावसायिक कृषिका लागि फार्म दर्ता गरी आफ्नो व्यवसायलाई व्यवस्थित गर्ने प्रयासमा जुटेका छन् । रासस

तनहुँमा सहकारीमार्फत सामूहिक खेती

१ चैत, तनहुँ । व्यास नगरपालिका–१० का स्थानीय वासिन्दा सहकारीमार्फत सार्वजनिक जग्गामा सामूहिक खेती गर्न जुटेका छन् । मादी नदी किनार नजिकैको २५ रोपनी जग्गामा सिसुवा भतेरी कृषि सहकारीमार्फत स्थानीय वासिन्दाले सामूहिक खेती गरेका हुन् । संस्थाले सामूहिक खेती गरेर विपन्न समुदायको आयवृद्धिमा सहयोग गर्दै आएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिए । सामूहिक खेतीका […]

करिब १५ सय रोपनी जग्गा चकलाबन्दी गरेर सामूहिक खेती

१३ फागुन, गोरखा । जिल्लाको करिब १५ सय रोपनी जग्गामा चकलाबन्दी गरेर सामूहिक खेती गरिएको छ । सिजन अनुसार कृषक समूहले विभिन्न खेती गर्दै आएका छन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन गरेको जग्गा चकलाबन्दी कार्यक्रम अन्तर्गत जिल्लाका चार ठाउँमा चकलाबन्दी गरेर खेती सुरु गरिएको हो । अजिरकोट, शहीद लखन, सिरानचोक गाउँपालिका […]

पौरखीहरु मिलेर सुरु गरे बाँझो जग्गामा सामूहिक खेती

वैदेशिक रोजगारीले रित्तिदै गएको बाग्लुङ गलकोट नगरपालिका–७ मल्म, टोक्रीका किसानले बारी बाँझै पल्टिने तर उब्जनी किनेर खानुपर्ने स्थितिलाई फेर्न समूह नै बनाएर बाँझो बारीमा खेती सुरु गरेका हुन् । जे फल्छ त्यही लगाउने तर जग्गा बाँझो नछाड्ने भनेर सामूहिक खेती सुरु गरिएको राम्चेढुङ्गा कृषि तथा पशुपालन समूहका अध्यक्ष विष्णु थापाले बताउनुभयो । अध्यक्ष थापाका अनुसार …

सार्वजनिक जमिनमा सामूहिक खेती गरिँदै

तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित सिसुवा भतेरी कृषि सहकारीले खेर गइरहेको बाँझो जमिनको सदुपयोग गरी सामूहिक खेती गर्दै आएको छ । संस्थाले सोही ठाउँस्थित मादीनदी किनार नजिकै रहेको सिसुवा भतेरीका जग्गामा मौसम अनुरूपको बाली लगाउँदै आएको हो ।  सहकारी संस्थाले सामूहिक खेती गरेर विपन्न समुदायको आयवृद्धिमा सहयोग गर्न थालेपछि आफ्नो जमिन नभएका आलु तथा धान लगाउन अँधिया खोज्दै अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । सहकारीले अतिसीमान्तकृत बोटे, अल्पसंख्यक दरै, दलित तथा विपन्न व्यक्तिको आयआर्जनका लागि सामूहिक खेत...

वाग्मतीमा सामूहिक खेती फस्टाउँदै

जमिन चक्लाबन्दी गरेर खेती गर्न वाग्मती प्रदेश सरकारले प्रोत्साहन गरेपछि किसान सहकारी संस्थामार्फत सामूहिक खेती गर्न आकर्षित भएका हुन्। स–साना टुक्रामा विभाजित जमिनलाई एकीकृत गरी एउटै प्लट बनाएर सामूहिक खेती गर्ने अभियान सुरु भएको मन्त्रालयले जनाएको छ।...

तनहुँमा बन्धकी खेतमा सामूहिक खेती गर्दै विपन्न

तनहुँ, ६ साउन । तनहुँको म्याग्दे गाउँपालिकास्थित एक सामुदायिक वनले बन्धकीमा खेत खरिद गरी विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको छ । म्याग्दे–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता समूहले बन्धकीमा खेत खरिद गरेर विपन्न समुदायलाई सामूहिक खेतीमा आबद्ध गराएको हो । विपन्न वर्गका उपभोक्ताको जीविकोपार्जनमा सघाउन स्थानीय व्यक्तिको ३६ रोपनी बाँझो खेत बन्धकीमा खरिद गरी […]