सेयर बजारमा अहिलेसम्मकै कीर्तिमानी कारोबार

काठमाडौं। आज सेयर बजारमा कीर्तिमानी कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको हो। तीन करोड ५५ लाख कित्ता सेयर किनबेच हुँदा अहिलेसम्मकै कीर्तिमानी कारोबार भएको छ। नेप्से परिसूचक २४ अंकले घटेर समग्र परिसूचक ३१ सय ५४ अंकमा आइपुग्दा पनि कीर्तिमानी कारोबार भएको हो। आज सेन्सेटिभ समूहमा १.९० अंकको गिरावट आएको छ।