राष्ट्र बैंकले बनायो आफ्नै मोबाईल एप

काठमाडौं। नेपाल राष्ट्र बैंक मोबाइल एप सार्वजनिक गरेको छ। राष्ट्र बैंककी डेपुटी गर्भनर डा.निलम ढुंगाना तिम्सिनाले ‘नेपाल राष्ट्र बैंक’ नामक मोबाइल एप सार्वजनिक गरेकी हुन्। अबदेखि बैंकले एपमार्फत बैंकका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्क लगायतका सूचना प्राप्त गर्न सकिन्छ। हाल वेटा भर्सजनमा सार्वजनिक भएको एप केही समयपछि आईओएस अपरेटिङ सिस्टममा लैजाने बैंकले जानकारी गराएको छ।

सम्बन्धित सामग्री

राष्ट्र बैंकले बनायो विद्युतीय मुद्रा प्रणालीको नमुना

नेपाल राष्ट्र बैंकले विद्युतीय मुद्रा ‘सीबीडीसी’ प्रयोगमा ल्याउन यसको प्रोटोटाइप (नमुना प्रणाली) तयार पारेको छ । अब यही प्रोटोटाइप परिमार्जन गर्दै सीबीडीसीलाई सीमित विशेषतासहितको प्रारम्भिक संस्करणका रूपमा विकास गरिने राष्ट्र बैंकको सीबीडीसी महाशाखाका प्रमुख कृष्णराम धुँजूले जानकारी दिए ।

शेयरधितो कर्जाको सीमा बढाएपछि पनि बजार घट्नु स्वाभाविक कि अस्वाभाविक ?

२४ असोज, कठमाडौं । लगानीकर्ताले लामो समयदेखि गरिरहेको मागअनुरुप नेपाल राष्ट्रबैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर व्यक्तिका लागि १५ करोड र संस्थाका लागि २० करोड बनायो । तर, त्यो सीमा संशोधन गरेपछि पनि सेयर बजार भने लगातार घटिरहेको छ । गत बिहीबार राष्ट्र बैंकले सीमा बढाएपछिका तीन कारोबार दिनमा नेप्सेमा ६७.३३ […]

मौद्रिक नीतिको समीक्षाले हतोत्साहित बनायो : हान

राष्ट्र बैंकले आइतबार गरेको चालू आर्थिक वर्षको मौद्रिक नीति समीक्षाप्रति होटल संघ नेपाल (हान)ले आपत्ति जनाएको छ । हानले विज्ञप्तिमार्फत पर्यटन व्यवसायीलाई मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले हतोत्साहित बनाएको भन्दै आपत्ति जनाएको छ । “आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले पर्यटन व्यवसायीलाई थप हतोत्साहित बनाएको छ” हानले जारी गरेको विज्ञप्तिमा भनिएको छ, […]

चालु पूँजी कर्जाको सीमाले व्यवसायीलाई हतोत्साहित बनायो : चेम्बर

१३ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको चालु पूँजी कर्जाको सीमाले व्यवसायीलाई हतोत्साहित बनाएको नेपाल चेम्बर अफ कमर्सले प्रतिक्रिया दिएको छ । चालु पूँजी कर्जाको सीमा निर्धारण बैंक तथा वित्तीय संस्थाहरु एवं उद्योगी व्यवसायीबीचको समन्वयमा हुनुपर्ने भन्दै चालु पूँजी कर्जा सम्बन्धमा राष्ट्र बैंकको पछिल्लो प्रावधानले उद्योगी व्यवसायीलाई हतोत्साही बनाएको चेम्बरको निष्कर्ष छ । नेपाल […]

एचआईडिसीएलसहितका संस्थाको सुपरिवेक्षणको लागि राष्ट्र बैंकले बनायो छुट्टै विभाग

नेपाल राष्ट्र बैंकले हाइड्रो ईलेक्ट्रिसिटी ईन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) जस्ता गैर-बैंक वित्तीय संस्थाको सुपरिवेक्षण गर्नको लागि छुट्टै विभाग गठन गरेको छ । राष्ट्र बैंकले 'गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग' गठन गरेको छ ।यस विभागले विदेशी विनिमय कारोवार गर्न ईजाजतपत्र प्राप्त संस्थाहरु, हायर पर्चेज कारोबार गर्ने कम्पनीहरु, हाइड्रो ईलेक्ट्रिसिटी ईन्भेष्टमेण्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. र राष्ट्रिय सहकारी बैंक लि.को निरीक्षण, सुपरिवेक्षण र अनुगमन लगायतका सुपरिवेक्षकीय कार्यहरु सम्पादन गर्ने कार्यादेश पाएको छ ।२०७८ फागुन १ गते देखि कार्यान्वयन हुने गरी राष्ट्र बैंकले 'गैर-बैंक वित्तीय संस्था सुपरिवेक्षण विभाग” गठन गरेको हो। राष्ट्र बैंकको माघ १३ गते बसेको व्यवस्थापन समितिको बैठकले यो निर्णय गरेको हो। त्यस्तै राष्ट्र बैंकले  विकास बैंक सुपरिवेक्षण विभाग र वित्त कम्पनी सुपरिवेक्षण विभागलाई एकीकृत गरी “वित्तीय संस्था सुपरिवेक्षण विभाग” स्थापना गरेको छ।   २०७८ फागुन १ गते देखि कार्यान्वयन हुने गरी विकास बैंक सुपरिवेक्षण विभाग र वित्त कम्पनी सुपरिवेक्षण विभागलाई एकीकृत गरी नयाँ विभागको रुपमा “वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थापना गरिएको  हो ।

अर्थतन्त्रलाई लयमा फर्काउन राष्ट्र बैंकले बनायो कार्यविधि

काठमाडौं। नेपाल राष्ट्र बैंकले कोभिड–१९ले प्रभावित अर्थतन्त्रलाई लयमा फर्काउन ‘नेपाल राष्ट्र बैंक पुनकर्जा कार्यविधि’ बनाएको छ। केन्द्रीय बैंकले अर्थतन्त्रमा कोरोनाबाट परेको असरलाई सम्बोधन गर्न कार्यविधि बनाएको हो। उद्योग, व्यवसायलाई पुनरुत्थानमा सहयोग पुर्याउने गरी सबै क्षेत्रमा पुनकर्जाको पहुँच विस्तार गर्न कार्यविधिले महत्वपूर्ण भूमिका खेल्ने, प्रभावकारी र व्यवस्थित बन्ने बैंकले बताएको छ।