पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलन थापाले पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीबारे उच्चस्तरीय समिति बनाई सत्यतथ्य छानबिन गर्न संसद् सचिवालयसँग आग्रह गरेका छन्। उनले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बद्नियत राखेको पनि आरोप लगाएका छन्। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ साल फागुन १२ गते विशेष पूजा गरी जीर्ण चाँदीको जलहरीमाथि सुनको जलहरी स्थापना गरेकी […]