मतदान केन्द्रैभित्र पटाका पड्किँदा बुढीगंगामा मतदान स्थगित

मोरङको बुढीगंगामा मतदान केन्द्रभित्रै पटाका पड्काइएको छ । पटाका पड्केपछि सो मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ । बुढीगंगा गाउँपालकिा–१ स्थित करैया दवीस्थान केन्द्रमा मतदान भइरहँदा पटका पड्काइएपछि स्थगित भएको हो । लाइनमा बसेर मतदाताले मतदान गरिरहेका थिए । सोहीबेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो ।