काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको ६ महिनासम्म ८६ लाख ४२ हजार रूपैयाँ खुद नाफा गरेको छ । गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिमा कम्पनीले करिब २४७ प्रतिशतले खुद नाफा बढाएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले २४ लाख ९१ लाख रूपैयाँ मात्र खुद नाफा गरेको थियो । कम्पनीको सञ्चालन नाफा करिब ११४ प्रतिशत बढेकाले यस वर्ष खुद नाफामा उल्लेख्य बृद्धि भएको हो । गत वर्ष ३३ लाख ६९ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष ७२ लाख ४ हजार सञ्चालन नाफा गरेको हो ।
११ प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर चुक्तापूँजी ९ करोड ५२ लाख ३८ हजार रूपैयाँ कायम गरेको कम्पनीको जगेडा कोष रकम ५ करोड ४० लाख रूपैयाँभन्दा बढी कायम भएको छ । कर्जा सापटी गत वर्षभन्दा २९ प्रतिशत बढी १ अर्ब २८ करोड ४१ लाख रूपैयाँ छ भने कर्जा प्रवाह साढे २४ प्रतिशत बढी १ अर्ब ७० करोड रूपैयाँ रहेको छ ।
निक्षेप संकलन भने करिब १४ प्रतिशत बढेर ३२ करोड ४३ लाख रूपैयाँभन्दा बढी भएको छ । गत वर्ष ३ दशमलव ५३ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर १ दशमलव ५४ प्रतिशतमा झरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १८ रूपैयाँ १५ पैसा र प्रतिशेयर नेटवर्थ १५६ रूपैयाा ७९ पैसा रहेको छ ।
रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस