नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसी पारित गर्न सत्ता साझेदार दल तयार नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीलाई गुहार्न गएको टिप्पणी गरेका छन् ।
बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक निश्कर्षहीन भएपछि प्रधानमन्त्री देउवा बिहीवार राति ओलीलाई भेट्न बालकोट पुगेका छन् । ‘एमसीसी पास गर्न सत्ता साझेदार दलहरु तयार नदेखिएपछि प्रधानमन्त्री देउवा केपी ओलीलाई गुहार्न अहिले भर्खर बालकोट पुगेका छन’ मल्लले बिहीवार राति ट्वीटरमा लेखेका छन् ।&nbs...