जुत्ताको निर्यात ६० प्रतिशतले घट्यो

काठमाडौं । आत्मनिर्भरको सूचीमा राखिएको जुत्तामा नेपालको वैदेशिक व्यापारघाटा चुलिएको छ । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा जुत्ताको आयात बढेको र निर्यात ≈वात्तै घटेको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको आर्थिक वर्षमा जुत्ताको निर्यात ६० प्रतिशतले घटेको छ । आव २०७६/७७ मा नेपालबाट ५६ लाख ६२ हजार थान जुत्ता निर्यात भएकोमा उक्त संख्या घटेर आव २०७७/७८ मा २२ लाख ७४ हजार थानमा सीमित हुन पुगेको छ । गएको आर्थिक वर्षमा रू. ७३ करोड २० लाखको मात्र जुत्ता निर्यात भएको छ, जुन आव २०७६/७७ को भन्दा रू. ८७ करोडले कम हो । जुत्ताको आयात बढेको विभागको तथ्यांकले देखाएको छ । गएको वर्ष अघिल्लो आवभन्दा आयात ३५ प्रतिशतले बढेको देखिएको हो । आव २०७५÷७६ मा २ करोड २० लाख थान जुत्ता आयात भएकोमा यो संख्या गत आवमा बढेर २ करोड ९८ लाख पुगेको छ । यो विगत ५ वर्षको तथ्यांकको ठीक विपरीत हो । नेपालमा आव २०७३/७४ यता निरन्तर जुत्ताको आयात घट्दै गएको र निर्यात भने बढ्दै गएको पाइन्छ । गत आवमा आयात बढेको छ र निर्यातमा ह्रास आएको देखिएको छ । सरकारले १३ ओटा वस्तुलाई आत्मनिर्भरमुखी सूचीमा राखेको छ । त्यसअन्तर्गत जुत्ता चप्पल पनि पर्छ । औद्योगिक नीति २०६७, औद्योगिक व्यापार ऐन २०७६ र औद्योगिक व्यवसाय नियमावली २०७६ सम्म लागू गरी सरकारले आत्मनिर्भरमुखी व्यवसायलाई प्रवर्द्धन गर्ने बताएको छ । व्यवसायीहरू भने सरकारले जुत्ताचप्पल व्यवसायमा सहजीकरण र छुट्टै विशेष छूट नदिएको बताउँछन् । चितवन फुटवेयरका सञ्चालकसमेत रहेका नेपाल जुत्ताचप्पल एशोसिएशन संघका वरिष्ठ उपाध्यक्ष उत्तमप्रसाद अधिकारीले कच्चा पदार्थको आयातमा भन्सारले कुनै छूट नदिएको र अन्य राजस्व दरअन्तर्गत राखेको बताए । उनले भने, ‘सरकारबाट खास कुनै सहयोग भएको छैन, अहिलेसम्म व्यवसायीहरू आफ्नै बलबुताले यहाँसम्म आएका हुन् ।’ सरकारबाट सहजीकरण नभएको र कोभिडपछि अधिकांश जुत्ता कारखाना प्रायः बन्द जस्तै भएकाले उत्पादन घटी माग पूर्ति गर्न आयात बढेको उनको भनाइ छ । ‘जुत्ता उद्योगमा काम गर्ने अधिकांश कामदार भारतीय छन् तर कोभिडपछि कामदार आउन पाएका छैनन्,’ उनले भने, ‘कोभिडका कारण तथा कच्चा पदार्थसमेत आयात गर्न सहज नभएपछि उत्पादन घटेको हो ।’ अवस्था सामान्य भएपछि आगामी दिनमा जुत्ताको उत्पादन पुनः पुरानै लयमा फर्किने उनको भनाइ छ । उद्योग विभागले गत असारमा सार्वजनिक गरेको ‘नेपालमा आत्मनिर्भर हुन सक्ने औद्योगिक वस्तुहरूको विस्तृत अध्ययन प्रतिवेदन’ २०७८ अनुसार हाल नेपालमा ६ ठूला, १५ मध्यम, ३ सय साना र १२ सय लघु जुत्ता चप्पल उद्योगहरू छन् । उक्त अध्ययनअनुसार यस्ता उद्योगको वार्षिक जुत्ता चप्पल उत्पादन क्षमता ४ करोड ५० लाख थान रहेको छ । यी उद्योगबाट प्रत्येक्ष रूपमा ७० हजारले रोजगारी पाएका छन् ।

सम्बन्धित सामग्री

पाँच वर्षमा पहिलोपटक घट्यो निर्यात

सरकारले निर्यात प्रवर्द्धन गर्ने नीति लिएको घोषणा गरे पनि विदेशी मुलुकसँग नेपालको निर्यातको हिस्सा उच्च मात्रामा गिरावट भइरहेको छ।...

पामतेलको निर्यात ५० प्रतिशतले घट्यो

विदेशी मुलुकबाट कच्चा तेल आयात गरेर छिमेकी मुलुक भारतमा निर्यात हुँदै आएको पामतेलको निर्यात ५० प्रतिशतले घटेको छ।...

भारततर्फको निर्यात २० प्रतिशतले घट्यो

प्रमुख व्यापार साझेदार मुलुक भारतमा नेपालको निर्यात घटेको छ । चालू आर्थिक वर्षको पहिलो महिनामा भारततर्फको निर्यात २०.८४ प्रतिशतले घटेको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार साउन महिनामा नेपालले भारतमा आठ...

विद्युत खपत घट्यो, निर्यात बढ्यो

आर्थिक मन्दीसँगै विद्युत खपत घटेको छ भने निर्यात बढेको छ । यो वर्ष विद्युत निर्यात १० प्रतिशतले बढेको हो । आर्थिक सर्वेक्षण २०७९/८० अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा प्रतिघण्टा १५.९ प्रतिशत गिगावाट बिजुली निर्यात भएको छ । ‘चालु आर्थिक वर्षको फागुनसम्म भारतबाट १ हजार ११ गिगावाट घण्टा विद्युत आयात भएको छ भने १ हजार ५३ […]

नेपालको निर्यात २६.३४ प्रतिशतले घट्यो

काठमाडौं, ८ वैशाख। चालु आर्थिक वर्ष २०७९/८० को नौ महिना (साउन–चैत)मा नेपालको निर्यात व्यापार २६.३४ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा नेपालले १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्ष २०७८/७९को सोही अवधिमा नेपालले १ खर्ब ६० अर्ब ५७ करोड २९लाख १०हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो।

आयातसँगै घट्यो निर्यात

चालु आर्थिक वर्ष २०७९/८०को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो । तथ्याङ्क अनुसार गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात २० दशमलव ६८ र निर्यात ३२ दशमलव शून्य एक प्रतिशतले कमी आएको हो । गत […]

तेब्बरले घट्यो खाने तेलको निर्यात

काठमाडौं, पुस १८ । चालू आर्थिक वर्षको पाँच महिनामा खाने तेल (भटमास, पाम र सूर्यमुखी)को निर्यात तेब्बरले घटेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको पाँच महिनामा यी वस्तुको निर्यात तेब्बरले घटेर १८ अर्ब ८४ करोड रुपियाँमा झरेको छ । गत वर्ष पाँच महिनाको अवधिमा ६० अर्ब २७ करोड रुपियाँ बराबरको निर्यात भएको थियो । […]

तीन महिनामा २४ अर्बले घट्यो निर्यात

काठमाडौं, कात्तिक १७ ।  सरकारले व्यापार घाटा कम गर्न र निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने नीति लिए पनि मुलुकको निर्यात व्यापार निराशाजनक देखिएको छ। चालु आर्थिक वर्ष ०७९-८० को पहिलो तीन महिनामा (असोजसम्म) को निर्यात ३५.७१ प्रतिशतले घटेको छ। पोहोर सोही अवधिमा निर्यात १०९ प्रतिशतले वृद्धि भएको थियो। हरेक वर्ष निर्यात बढ्दै आएकोमा चालु आवको […]

नेपालबाट हुने यार्सागुम्बाको निर्यात घट्यो, एक वर्षमा करिब १६ करोडको निर्यात

काठमाडौं।नेपालबाट हुने यार्सागुम्बाको निर्यात घटेको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालबाट १५ करोड ७६ लाख २५ केजी रुपैयाँको २६१ केजी यार्सागुम्बा विदेश निर्यात भएको छ।यार्सागुम्बा प्रतिकेजी ६ लाख ३ हजार ९२७ रुपैयाँका दरले नेपालबाट निर्यात भएको देखिन्छ।अघिल्लो आर्थिक वर्ष २०७६÷७७ नेपालले २० करोड २२ लाख ३५ हजार रुपैयाँको ३५६ केजी यार्सागुम्बा निर्यात गरेको थियो।

जुत्ताको निर्यात ६० प्रतिशतले घट्यो

आत्मनिर्भरको सूचीमा राखिएको जुत्तामा नेपालको वैदेशिक व्यापारघाटा चुलिएको छ । गत आर्थिक वर्ष (आव) २०७७/७८ मा जुत्ताको आयात बढेको र निर्यात ह्वात्तै घटेको देखिएको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको आर्थिक वर्षमा जुत्ताको निर्यात ६० प्रतिशतले घटेको छ । आव २०७६/७७ मा नेपालबाट ५६ लाख ६२ हजार थान जुत्ता निर्यात भएकोमा उक्त संख्या घटेर आव २०७७/७८ मा २२ लाख ७४ हजार थानमा सीमित हुन पुगेको छ । गएको आर्थिक वर्षमा रू. ७३ करोड २० लाखको मात्र जुत्ता निर्यात भएको छ, जुन आव २०७६/७७