माओवादीले ३३ केन्द्रीय विभाग गठन गर्‍याे, महाधिवेशनमा ५ देखि ६ लाखसम्म नयाँ पार्टी सदस्य बनाउने लक्ष्य

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले ३३ वटा केन्द्रीय विभाग गठन गरेको छ । पार्टीको स्थायी कमिटीको आज बिहीवार बसेको बैठकले पार्टीको ३३ वटा केन्द्रीय विभाग गठन गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले विभाग गठन र डिलाराम आचार्यको संयोजकत्वमा एक सय ७५ सदस्यीय सम्पर्क समिति गठन गरेको बताउनुभयो । उहाँले बैठकले ३५ सदस्यीय रहने गरी विभाग गठन गरेको जानकारी पनि दिनुभयो । त्यस्तै विभागबाहेक रामचन्द्र झाको नेतृत्वमा नीति तथा अनुसन्धान प्रतिष्ठान बनाउने निर्णय गरि...