बैतडीको पाटन नगरपालिकामा काँग्रेस विजयी

बैतडीको पाटन नगरपालिका मेयरमा काँग्रेसका गौरीसिंह रावल ६८६९ मत सहित विजयी भएका छन् । रावल एमालेका नारायण भण्डारीलाई पराजित गर्दै विजयी भएका हुन् । भण्डारीले ५२९० मत प्राप्त गरेका छन् । पाटनमा काँग्रेस माओवादी, नेकपा एकीकृत समाजवादीको गठबन्धन थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो । उपमेयरमा माओवादीका कमल सिह वोहरा विजयी भएका छन् । उनले एमाले उम्मेदवार हरु भट्टलाई पराजित गरेका थिए । वडाहरुमा समेत गठबन्धनका उम्मेदवार विजय भएका छन् ।