विराटनगर। कोसी अस्पतालको औषधि पसल (फार्मेसी)का कार्यरत तीन कर्मचारीलाई सेवाबाट बर्खास्त गरिएको छ। करार सेवाका ती कर्मचारीले स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको खुलेपछि सेवाबाट बर्खास्त गरिएको हो। बर्खास्त गरिएकामध्ये दुई फार्मेसी सहायक र एक जना कार्यालय सहयोगी छन्। अस्पताल प्रशासनले ती कर्मचारीका बारेमा थप अनुसन्धान गरिरहेको जनाउँदै नाम सार्वजनिक भने गरेको छैन। ती कर्मचारीले औषधि […]
प्रधानमन्त्री सुशीला कार्कीको पहिलो निर्णय नै प्रतिनिधिसभा विघटन र फागुन २१ को निर्वाचन घोषणा रहेको थियो । त्यसपछि दलहरूले प्रतिनिधिसभा विघटनलाई अस्वीकार गर्दै विज्ञप्ति जारी गरेका थिए ।
कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबारदेखि दुईवटा कोठाबाट सेवा सुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शान्ति सुरक्षा, मुद्दाको म्याद थप, विपद् व्यवस्थापन र दैनिक प्रशासनिक कार्य नियमित सञ्चालन गर्ने उद्देश्यले हाललाई दुई कोठाबाट सेवा सुरु भएको जानकारी दिए । उनले भने, ‘हाल दुईवटा कार्यकक्षबाट सेवा सुरू गरेका […]