एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्ष नराख्न नेम्वाङ सहमत

चितवन : नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने प्रस्तावमा सुवास नेम्वाङ पनि अनौपचारिक रूपमा सहमत भएका छन्।अध्यक्ष केपी शर्मा ओलीपछि आफू वरिष्ठ भएकाले ओलीपछिको दोस्रो वरिष्ठ पद आफूले पाउनुपर्ने दाबी नेम्वाङले गर्दै आएका थिए।महासचिव ईश्वर पोखरेलले यसअघि आज दिउँसो नै वरिष्ठ उपाध्यक्ष पद राख्न नहुने बताउँदै आएका थिए।नेम्वाङले आफूलाई उक्त पदको जिम्मेवारी नदिने अवस्थामा उपाध्यक्ष पद मात्रै राख्न सहमत भएको आफू निकटस्थलाई जानकारी दिएका छन्।एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। एमाले अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। एमाले महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव र अधिकांश केन्द्रिय सदस्यहरु सर्वसम्मत भएका छन्। एमाले महाधिवेशन एकदिन लम्बिँदा करिब एक करोड खर्च बढेको छ। राप्रपा अध्यक्षमा कमल थापाले उम्मेदवारी घोषणा गरेका छन्। सर्लाहीको कांग्रेस वडा अधिवेशनमा झडप हुँदा मतदान अधिकृतसहित ५ जना घाइते भएका छन्।

एमाले महाधिवेशन : यी हुन् उपाध्यक्ष र सचिवका प्रतिस्पर्धी (सूचीसहित)

काठमाडौँ- निवर्तमान अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि आन्तरिक प्रतिस्पर्धामा होम्मिएको एमालेमा वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिवसहित ट्रेड युनियन क्लस्टरबाहेक अन्य पदमा निर्वाचन हुने देखिएको छ । जसअनुसार ६ जना उपाध्यक्षका लागि सातजना उम्मेदवार छन् । सातजना सचिवका लागि नौजना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जसअनुसार उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, […]

एमाले महाधिवेशन: वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव सर्वसम्मत

नेकपा एमालेको दशौं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।  अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूची मध्ये वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलबाहेक कसैले मनोनयन नगरेपछि उनी सर्वसम्मत भएका हुन् ।  महासचिवमा पनि शंकर पोखरेलविरुद्ध कसैले उम्मेदवारी दिएनन् । उनी सर्वसम्मत भएका छन् । उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि सर्वसम्मत भएका छन् ।  अध्यक्षमा केपी ओली र भीम रावलको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ओलीले प्रस्ताव ग...

एमाले महाधिवेशन : उम्मेद्वार मनोनयन दर्ताका लागि कुन पदमा कति शुल्क?

सौराह : नेकपा एमालेको १० औं महाधिवेशन निर्वाचनतिर धकेलिने देखिएको छ। यद्यपि बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको नाम प्रस्तुत गरिरहेका छन्। ओलीले पार्क सफारी रिसोर्टमा अध्यक्षमा आफ्नो नाम राखेर सहमतिको खाका तयार पारेका थिए। त्यसमा वरिष्ठ उपाध्यक्ष र सात उपाध्यक्षको नाम खाली छोडिएको थियो। सहमतिमै जाने प्रयासमा उपाध्यक्ष डा…

एमाले महाधिवेशन : भीम रावल गलाउने यस्तो छ ओली रणनीति, बन्दसत्रमा तनाव

‘सहमति गर्ने हो भने पदाधिकारी, केन्द्रीय सदस्यमा उम्मेदवारी नदिए भैगो नि’ काठमाडौं, १२ मंसिर :  दशौं महाधिवेशनमा अध्यक्ष पदमा दाबी गरेका नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल शनिबार दिनभरजस्तो भनिरहेका थिए कि, अध्यक्ष केपी शर्मा ओलीसँग छलफल भएको जानकारी छैन । बाहिर वरिष्ठ उपाध्यक्ष प्रस्ताव गरेको चर्चा चलेका बेला रावल अध्यक्ष कुनै छलफल भएको जानकारी […]

एमाले महाधिवेशन – रुपन्देहीका एक दर्जन नेताहरु केन्द्रीय सदस्यका आकांक्षी

बुटवल–नेकपा एमालेको महाधिवेशनमा रुपन्देहीबाट एक दर्जन नेताहरुले केन्द्रीय सदस्यका लागि आकांक्षा व्यक्त गरेका छन्। रुपन्देहीलाई राजनीतिको आधार क्षेत्र बनाएका उपमहासचिव विष्णुप्रसाद पौडेल महासचिव वा वरिष्ठ उपाध्यक्ष भन्ने चर्चा चलिरहेकै बेला रुपन्देहीका एक दर्जन नेताहरुले केन्द्रीय सदस्यका लागि आकांक्षा व्यक्त गरेका हुन्। आकांक्षा व्यक्त गर्नेहरुमा राष्ट्रियसभा सदस्य, प्रदेश सांसददेखि नगरका प्रमुख उपप्रमुखसम्म छन्। यसअघि केन्द्रीय सदस्य […]

एमाले महाधिवेशन : को–को भिड्दैछन् वरिष्ठ उपाध्यक्ष र महासचिवमा

प्रतिनिधि चयनको प्रक्रिया अन्तिम चरणमा पुगेसँगै नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको सरगर्मी विस्तारै बढ्न थालेको छ ।  महाधिवेशन मिति नजिकिँदै जाँदा आगामी दिनमा एमालेमा अध्यक्षपछिका महत्वपूर्ण पदमा को को पुग्ने हुन् भन्ने चर्चा समेत सुरु भएको छ ।नेतृत्वमा आन्तरिक जोड घटाउ भइरहे पनि बाहिर भने खुलेर आफूले चाहेको पद ‘यही हो’ भन्न सक्ने अवस्थामा नेताहरु भने पुगिसकेका छैनन् । यो महाधिवेशन ‘सहमतिको महाधिवेशन’ बनाउने अध्यक्ष केपी ओलीलगायतका नेताहरुको चाहनाका कारण पनि ने

एमाले महाधिवेशन: वरिष्ठ उपाध्यक्ष पदमा हानथाप, ईश्वरलाई सुवासको ‘काउन्टर'

एमाले महाधिवेशनमा प्रतिनिधि छनौटको चरण नसकिदै ओली बाहेकका पदमा शीर्ष नेताहरुबीच हानथाप शुरु भएको छ । एमालेमा पहिलो पटक व्यवस्था गरिएको वरिष्ठ उपाध्यक्ष पदमा हानथाप शुरु भएको हो । दुई पटक महासचिव भैसकेका ईश्वर पोखरेलकै लागि तयार गरिएको वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङले दावी गर्न थालेपछि पोखरेललाई संकट परेको छ ।

एमाले महाधिवेशन: वरिष्ठ उपाध्यक्ष पदमा हानथाप, ईश्वरलाई सुवासको ‘काउन्टर'

एमाले महाधिवेशनमा प्रतिनिधि छनौटको चरण नसकिदै ओली बाहेकका पदमा शीर्ष नेताहरुबीच हानथाप शुरु भएको छ । एमालेमा पहिलो पटक व्यवस्था गरिएको वरिष्ठ उपाध्यक्ष पदमा हानथाप शुरु भएको हो । दुई पटक महासचिव भैसकेका ईश्वर पोखरेलकै लागि तयार गरिएको वरिष्ठ उपाध्यक्षमा सुवास नेम्वाङले दावी गर्न थालेपछि पोखरेललाई संकट परेको छ ।