स्पेनिस रफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनल नखेल्ने

काठमाण्डाै - स्पेनिस रफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनल नखेल्ने भएका छन् ।  क्वाटरफाइनलको खेलका क्रममा घाइते भएका नाडालले  निको नभएपछि सेमिफाइनल नखेल्ने घोषणा गरेका बीबीसीले जनाएको छ । उनले सेमिफाइनलमा अस्ट्रेलियाका निक किर्गियोससँग खेल्ने तालिका थियो । २२ पटकका ग्रान्डस्लाम विजेता नाडालले आफूले निकै प्रयास गरे पनि सेमिफाइनलमा खेल्न असफल भएको र यसले निकै चिन्तित बनाएको बताएका छन् । नाडालले यसै वर्ष अस्ट्रेलियन र फ्रेन्च ओपनको उपाधि जितिसकेका छन् । निकले भने अब उपाधिको लागि पर्सि आ...