८ कात्तिक, काठमाडौं । रौतहटको विभिन्न प्रदेशसभा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनमा रहेका दलकै एक भन्दा बढी उम्मेदवार छन् । सत्तारुढ गठबन्धनले सिट बाँडफाँट गर्दा एउटा दलले पाएको निर्वाचन क्षेत्रमा अर्को दलले पनि उम्मेदवारी दिएपछि त्यस्ता उम्मेदवारलाई फिर्ता गराउन दलहरुले प्रयास गरिरहेका छन् । तर गठबन्धनभित्रैका बागी उम्मेदवारलाई मनाउने प्रयास असफल भएको नेताहरुले बताएका छन् । […]