जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने भएको छ । उहाँले आफ्नो दलको नेता भएर चुनाबमा भाग नलिने प्रष्ट्याउनुभएको छ । प्रधानमन्त्री शिन्जो आबेईले राजीनामा गरेपछि एक वर्ष अघि सुगा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री सुगाको कार्यकालको समीक्षामा सूचकहरु ओरालो लागेपछि उहाँले अप्रत्याशित रुपमा राजीनामाको घोषणा गर्नुभएको हो ।