सुडानमा भएको सत्ता सङ्घर्षमा हिंसात्मक घटना : राष्ट्र सङ्घका ३ जना कर्मचारीसहित २७ जनाको ज्यान गएको पुष्टि

सुडानमा भएको सत्ता सङ्घर्षमा हिंसात्मक घटना भएको छ । सेना र सरकारी अर्धसैनिक बल आर.एस.एफबीचको लडाइँमा कम्तीमा २७ जना मारिएका छन् । ज्यान गुमाउनेमा ३ जना संयुक्त राष्ट्र सङ्घका कर्मचारी रहेका बीबीसीले जनाएको छ । उनीहरुलाई सैनिक शिविरमा दुई पक्षबीच गोली हानाहान हुँदा गोली लागेको थियो । घटनामा दुई सय जनाभन्दा धेरै घाइते भएका छन् । राजधानी खार्तुम सहरको आकाश धुवाँले भरिएको छ । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ । राजधानी खार्तुममा आज सार्वजनिक बिदाको घोषणा गरिएको छ । खार्तुम राज्य सुरक्षा समितिले...