‘बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशबारे संसदीय समिति बनाएर छानविन गर्नुपर्छ’

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नु माग गरेका छन् ।  सोमबार प्रतिनिधिसभा बैठकमा उनले संसदीय छानबिन माग गर्दै त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्ने बताए ।  ‘यसमा एउटा संसदीय समिति बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्छ’ उनले भने ।बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश र करको दायरमा हेरफेरको विषयभन्दा आर्थिक अनुशासन हिनताको अर्को नमुना हुनै नसक्ने उनले बताए ।