नेपाल टी-२० : 'म्याच फिक्सिङ' र 'लाइभ बेटिङ' को आशंकामा सीआईबीले थाल्यो अनुसन्धान

नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता विवादबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले अनुसन्धान अगाडि बढाएको छ । सीआईबीले नेपाल टी-२० मा 'म्याच फिक्सिङ' र 'लाइभ बेटिङ' भएको भन्ने उजुरी आएपछि अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।