हनुमानढोका दरबार आसपासका अनधिकृत व्यापार–व्यवसाय हटाउन शुरु [तस्वीरहरू]

काठमाडौं । विश्व सम्पदामा सूचीकृत वसन्तपुरको हनुमानढोका दरवार क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित व्यापार–व्यवसाय बुधवारबाट हटाउन शुरु गरिएको छ ।  पुरातात्व विभागको निर्देशनमा दरबार क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर आसपासमा सञ्चालित अनधिकृत रूपमा सञ्चालित कपडा, मोबाइल लगायतका पसल हटाउन थालिएको हो ।  विभागले अनधिकृतरूपमा सञ्चालित पसल हटाउन सूचना जारी गरेपछि कतिपय व्यापारीले सामान हटाउन शुरु गरेका छन् । कतिपयले भने हटाउने तयारीमा रहेको बताएका छन् । विभागको निर्देशनपछि सो क्षेत्र बुधवार सुनसानजस्तै देखिएको थियो । सो क्षेत्रका कतिपय पसल बन्द गरिएका थिए । कतिपय व्यापारी भने सामान बेच्न व्यस्त थिए ।   विभागका अनुसार अब सो क्षेत्रमा पुरातात्त्विक महत्त्व, कला, संस्कृति झल्कनेका वस्तुका पसल मात्र सञ्चालन गर्न पाइनेछ ।  यसअघि महानगरले पटकपटक सो क्षेत्रमा अनधिकृतरूपमा सञ्चालन भएका पसल हटाइनदिन पुरातात्व विभागलाई पत्राचार गरेको थियो । महानगरपालिकाले २०७९ माघ १४ गते अनधिकृत प्रयोजन हटाइदिन आग्रह गर्दै पुरातत्व विभागलाई पत्र पठाएको थियो । त्यसपछि महानगरपालिकाले सोही वर्षको चैत ५ गते हनुमानढोका आसपासका अनधिकृत पसल हटाउन विभागलाई ताकेता गरेको थियो । महानगरपालिकाले सोही चैत १२ गते वसन्तपुर दरवारक्षेत्र र तलेजु मन्दिर आसपासका व्यापरिक प्रयोजनको लागि राखिएका पसल हटाउन विभागलाई पत्राचार गरेको थियो । 

सम्बन्धित सामग्री

हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदाको पुनर्निर्माण सुरु नै भएन

१२ वैशाख ०७२ मा गएको भूकम्पले भत्किएका विश्व सम्पदा क्षेत्र हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदाको पुनर्निर्माण अझै सुरु हुन सकेको छैन । बजेट अभावका कारण विश्व सम्पदा सूचीमा सूचीकृत यस...

अझै सुरु भएन हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण

काठमाडौँ- विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका विश्व सम्पदा क्षेत्र हनुमानढोका दरबार क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अझै सुरु हुन सकेको छैन । बजेट अभावमा विश्व सम्पदा सूचीमा सूचीकृत यस क्षेत्रका २२ सम्पदा पुनःनिर्माण अझै सुरु गर्न नसकिएको हनुमानढोका दरबार हेरचाह अड्डाका इञ्जिनीयर रेणु महर्जनले जानकारी दिइन् । साढे आठ वर्षअघिको भूकम्पले यस क्षेत्रका ७५ […]

हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि

काठमाडौँ– विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । चालु आर्थिक वर्षको साउनमा सार्क बाहिरका देशका दुई हजार आठ सय ६४ पर्यटक आएको काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ ।  सोही महिनामा सार्कका एक हजार तीन सय ९९ पर्यटक दरबार क्षेत्रमा आएका थिए । यो सङ्ख्या […]

गद्दी बैठक खोलेपछि हनुमानढोका दरबार क्षेत्रमा बढे पर्यटक

गद्दी बैठक खुलेपछि हनुमानढोका दरबार क्षेत्रमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका अधिकारीको भ्रमण बढ्न थालेको छ । गत १५ चैतमा गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला भएपछि बिहीबार नेपालका लागि...

हनुमानढोका दरबार सङ्ग्रहालयमा गर्ने विशेष प्रदर्शनी स्थगित

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले यसै हप्तादेखि गद्दीबैठकको तल्लो तलामा शुरु गर्न लागेको एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्बिर प्रदर्शनी स्थगित गरिएको छ ।  समितिले माघ दोस्रो सातादेखि नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले प्रयोग गर्नुभएका हातहतियारलगायत दस्तावेज एवं प्रजातन्त्र स्थापना, पुनःस्थापना विभिन्न घटनाक्रमका तस्बिरको प्रतिलिपि प्रदर्शनीमा राख्ने तयारी भएको थियो ।नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र बन्दै गएपछि गत शुक्रबार रातिदेखि सरकारले राजधानीका सबै सङ्ग्रहाल

हनुमानढोका दरबार क्षेत्रमा बढ्यो विदेशी पर्यटकको चहलपहल

पुस १४, काठमाडौं । कोरोनाको जोखिम कम भएसँगै विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ । कोरोना जोखिम कम हुँदै गएपछि गत साउन महीनादेखि हनुमानढोका दरबार क्षेत्र विदेशी पर्यटकका लागि खुला गरिएको थियो ।  साउन महीनामा दक्षिण एशियाली देशका ११ र अन्य देशका ३८ गरी ४९ पर्यटक हनुमानढोका दरबार क्षेत्रमा आएका थिए । भदौ महीनामा अन्य देशका ७१ र दक्षिण एशियाली देशका ३० गरी १०१ पर्यटक आएको काठमाडौं महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका लेखा अधिकृत सुन्दरकाजी थुयाजुले जानकारी दिए । असोज महीनामा भने हनुमानढोका दरबार क्षेत्रमा विदेशी पर्यटकको संख्या ह्वात्तै बढेको थियो । असोजमा अन्य देशका ४७२ र दक्षिण एशियाली देशका १४९ गरी ६२१ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका छन् । असोजको तुलनामा कात्तिकमा दरबार क्षेत्रमा विदेशी पर्यटकको संख्या तीन गुणाले बढ्यो ।  कात्तिकमा अन्य देशका एक हजार ५१८ र दक्षिण एशियाली देशका ५८५ गरी दुई हजार १०३ विदेशी पर्यटक दरबार क्षेत्रमा आएका छन् । कोरोना भाइरसको नयाँस्वरुप ओमिक्रोन फैलन थालेकाले मंसिरमा भने पर्यटकको संख्या केही घटेको छ । मंसिरमा अन्य देशका एक हजार २२० र दक्षिण एशियाली देशका ६५३ गरी एक हजार ८७३ पर्यटकले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका छन् । हनुमानढोका दरबार क्षेत्र भ्रमण गर्न आउने सार्क र बिम्स्टेक देशका नागरिकका लागि रू. १५० शुल्क लिइन्छ । अन्य देशका नागरिकलाई भने रू. एक हजार लिने गरिएको लेखा अधिकृत खुयाजुले जानकारी दिए । पर्यटकबाट आर्थिक वर्ष २०७५/२०७६ मा रू. १८ करोड ७२ लाख २५ हजार ४५० आम्दानी भएको थियो । कोरोनाका कारण आव २०७६/२०७७ मा रू. ११ करोड ९९ लाख ६० हजार ५६० शुल्क उठेको छ । कोरोनाको सबैभन्दा धेरै प्रभाव आव २०७७/२०७८ मा परेको देखिन्छ । यो वर्ष रू. १३ लाख ५८ हजार ४५० मात्र शुल्क उठेको कार्यालयले जानकारी दिएको छ ।  चालू आर्थिक वर्ष मंसिर मसान्तसम्म रू. ३६ लाख शुल्क उठेको छ । विदेशी नागरिकलाई टिकट दिन कार्यालयले ६ ओटा काउन्टरको व्यवस्था गरेको छ । जुद्ध सालिक, झोँछे, दशअवतार मन्दिरअघि, सिंहसत्तल, प्याफल र मक्खन पशुपति मन्दिर छेउमा गरी ६ ओटा काउन्टरले विदेशी पर्यटकलाई टिकट दिएर मात्र हनुमानढोका दरबार क्षेत्र प्रवेश गराउँछन् । रासस

हनुमानढोका दरबार क्षेत्रमा बाह्य पर्यटकको चहलपहल (फोटोफिचर)

काठमाडौं, १४ पुस । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रमा बढ्दै गएको विदेशी पर्यटकको चहलपहल । कोरोनाका कारण पर्यटकको आवागमन रोकिएको दरबार क्षेत्रमा गत साउनदेखि खुला गरिएको थियो । तस्बिरः पूर्णप्रसाद मिश्र÷रासस

हनुमानढोका दरबार संग्रहालयमा बढ्न थाले पर्यटक

काठमाडौं, मंसिर १३ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको संग्रहालयमा आन्तरिक एवं बाह्य पर्यटकको भीड लाग्न थालेको छ । कोरोनाको जोखिम कम हुँदै गएपछि गत असोज १ गतेदेखि संग्रहालय आन्तरिक एवं बाह्य पर्यटकका लागि खुला गरिएको थियो । कोरोना जोखिम घट्दै गएर विद्यालयसमेत खुल्न थालेपछि संग्रहालय आउने आन्तरिक पर्यटकको संख्या दिनमै ३०० नाघ्न […]

हनुमानढोका दरबार संग्रहालयमा बढ्न थाले पर्यटक

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको संग्रहालयमा आन्तरिक एवं बाह्य पर्यटकको भीड लाग्न थालेको छ । कोरोनाको जोखिम कम हुँदै गएपछि गत असोज १ गतेदेखि संग्रहालय आन्तरिक एवं बाह्य पर्यटकका लागि खुला गरिएको थियो । कोरोना जोखिम घट्दै गएर विद्यालयसमेत खुल्न थालेपछि संग्रहालय आउने आन्तरिक पर्यटकको संख्या दिनमै ३०० नाघ्न थालेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । विद्यालय खुलेकाले विद्यार्थी समूहमै संग्रहालयमा अवलोकनका लागि आउन थालेका छन् । कोरोनापछि उपत्यका बाहिरबाट भने अझै आन्तरिक पर्यटक नआएको उनले बताए । उपत्यका बाहिरबाट पनि आउन थालेपछि आन्तरिक पर्यटक नै दिनमा ५०० भन्दा बढी पुग्नेछ । कार्यालयले संग्रहालयभित्र ग्यालरीमा घुम्न आउने अवलोकनकर्ताका लागि स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र प्रवेश गराउने गरेको छ । प्रवेश गर्नेका लागि मास्क अनिवार्य गरिएको छ । ठाउँठाउँमा स्यानिटाइजरको पनि व्यवस्था गरिएको छ । संग्रहालय खुृलेको पहिलो महिना असोजमा चार हजार ३०० आन्तरिक पर्यटकले अवलोकन गरेका छन् । सो महिनामा सबै देशको बाह्य उडान नखुलेकाले ९० जनामात्र विदेशी पर्यटक आएका थिए । कात्तिक महिनामा ६ हजार ४०० स्वदेशी पर्यटक र ३४३ विदेशी पर्यटक आएको कार्यालयले बताएको छ । विदेश पर्यटकतर्फ अमेरिकाका धेरै आएका छन् । कम आउनेमा चीनका पर्यटक रहेको अड्डाले बताएको छ ।      संग्रहालय प्रवेशका लागि स्वदेशीलाई ३०, विद्यार्थीका लागि शुक्रवार १५ र विदेशीका लागि ३०० शुल्क लिइन्छ । विदेशीका लागि गत असोजदेखि मात्र हनुमानढोका दरबार हेरचाह अड्डाले शुल्क लिन थालेको हो । हनुमानढोका दरबार क्षेत्र प्रवेश गर्ने विदेशी पर्यटकका लागि काठमाडौं महानगरपालिकाले एक हजार शुल्क लिने गरेको छ । महानगरले २०६८ देखि शुल्क लिन थालेको हो । त्यसअघि अड्डाले लिने गरेको थियो । महानगरले उठाएको विदेशीको शुल्कबाट हनुमानढोका दरबार हेरचाह अड्डालाई २५ प्रतिशत दिने गरेको थियो । कोरोना महामारीपछि दरबार क्षेत्र प्रवेश गरेका पर्यटकको शुल्क महानगरले नदिएपछि कार्यालयले आफै ३०० को टिकट काट्न थालेको संग्रहालय अधिकृत जयनारायण कार्कीले जानकारी दिए । रासस

हनुमानढोका दरबार क्षेत्र २९ सम्पदाको पुनर्निर्माण

काठमाडौं, कात्तिक १४। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका भूकम्पबाट क्षतिग्रस्त २९ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पु¥याएका सम्पदामध्ये अहिले २३ वटाको पुनर्निर्माण भइरहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले हनुमानढोका दरबार क्षेत्रका सम्पदाको ८० प्रतिशत पुनर्निर्माणको काम सम्पन्न भइसकेको […]