दाङमा सुरु भयो मतगणना

दाङ : दाङ क्षेत्र नं ३ को मतगणना सुरु भएको छ। बिहान साढे १० बजेदेखि मतगणना सुरु हुने भनिएता पनि निर्धारित समय भन्दा पौने दुई घण्टा ढिलो मतगणना सुरु भएको हो।भू–संरक्षण कार्यालय तुलसीपुरमा मतगणना भइरहेको छ। अपरान्ह १२ बजेदेखि मतगणना सुरु भएको हो। दाङ क्षेत्र नं. ३ मा १ लाख ४६ हजार ४ सय ७५ मतदाता रहेकोमा ९० हजार ५ सय २० मत खसेको थियो। अहिले मतपत्र पट्याउने काम भइरहेको छ। मतपत्र पट्याउने एक घण्टा लाग्न सक्ने मुख्य निर्वाचन कार्यालय तुलसीपुरले जनाएको छ