डोजर दुर्घटनामा १ जनाको मृत्यु, २ घाइते

अछामको मंगलसेन नगरपालिका–१४ कालागाउँमा डोजर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । मृत्यु हुनेमा ढकारी गाउँपालिका–२ का ३७ वर्षीय रामबहादुर साउँद रहेका छन् ।  जिल्ला प्रहरी कार्यालय अछामका अनुसार घाइतेको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ । ठाँटीबाट खाँटतर्फ गइरहेको डोजर सोमवार कालागाउँको सडकबाट कम्तीमा ७० मिटर तल खसेको प्रहरीले जनाएको छ । फरार चालकको खोजी भइरहेको बताइएको छ ।