रात्रिकालीन डान्स बार र दोहोरी साँझ सञ्चालनमा रोक

सरकारले कोरोनाको नयाँ भेरियन्टसहित कोभिड–१९ महामारीको तेस्रो लहर नियन्त्रणका लागि रात्रिकालीन डान्स बार र दोहोरी साँझहरू सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । शुक्रवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ‘नयाँ भेरियन्ट ओमिक्रोन सहितको कोभिड–१९ महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी आदेश २०७८ जारी गर्दै डान्स बार सञ्चालनमा रोक लगाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । आदेशअनुसार सिनेमा हल कूल क्षमताको आधा दर्शक राखेर सञ्चालन गर्न पाइने तथा रात्रिकालीन रेस्टुरेन्ट सामाजिक दूरी कायम गरी सञ्चालन गर्न पाइने ...

सम्बन्धित सामग्री

डान्सबारमा हिंसा : अधिकांश कलेज पढ्ने किशोरी

काठमाडौं उपत्यकाको दोहोरी साँझ, डान्स बार तथा रेष्टुरेन्टलगायतका क्षेत्रमा प्रवेश गर्ने अधिंकाश कक्षा दशदेखि १२ सम्म पढ्ने बालबालिका पाइएको एक अध्ययनले देखाएको छ ।

मनोरञ्जन कर तिर्न काठमाडौं महानगरको ताकेता

काठमाडौं- काठमाडौं महानगरपालिका राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ। यसपटक महानगरले ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न ताकेता गरेको हो। प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ। यो व्यवस्था सालबसाली ऐनमा उल्लेख भएबमोजिमको दरमा लाग्ने राजस्व विभागका प्रमुख ध्रुवकुमार […]

पोखरामा रात्रिकालीन व्यवसाय गर्ने कर्मचारीलाई प्रहरीको प्रशिक्षण

पर्वत : पोखरामा रहेर विभिन्न रात्रिकालीन व्यवसायमा आबद्ध महिला कर्मचारीहरूलाई कास्की प्रहरीले प्रशिक्षण दिएको छ।सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको आयोजना, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य तथा ‘राइट फर चिल्ड्रेन’ संस्थाको सहयोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले प्रशिक्षण दिएको हो।डान्स बार, क्लब, दोहोरी साँझ, होटल लगायतका व्यवसायहरूमा आबद्ध महिला कर्मचारीहरूका साथै सञ्चालकहरूलाई कार्यस्थलमा हुन सक्ने महिला हिंसा, यौन दुर्व्यवहार, महिलामाथि हुन

दोहोरी साँझ र डान्स बार अब रातभर खुल्ने

रात्रिकालीन व्यवसाय अब रातभर सञ्चालन हुन पाउने भएका छन् । गृह मन्त्रालयले रात्रिकालीन व्यवसायलाई २४सै घण्टा सञ्चालनको अनुमति दिएको हो । होटल, रेस्टुरेन्ट, डान्स बार, डान्स क्लब, दोहोरी साँझ, रोधी घर, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसाय सञ्चालनको समय सीमा हटाउँदै गृहले २४सै घण्टा चल्न दिने निर्णय गरेको स्रोतले बताएको छ । गृहमन्त्री बालकृष्ण खाँणले रात्रिकालीन व्यवसाय सञ्चालनको मापदण्ड बनाउन गठन गरेको अध्ययन कार्यदलले २४सै घण्टा सञ्चालन गर्न दिन गरेको सिफारिस अनुसार गहृले निर्णय गरेको हो । गृहमन्त्री खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय अध्ययन कार्यदल बनाएका थिए ।प्रहरी प्रशासनले विकृति हुने भन्दै रात्रिकालीन व्यवसाय राति ९ बजेदेखि बन्द गराउँदै आएको थियो । तर, कतिपय व्यस्त स्थानमा भने व्यवसायीले रातको १ बजेसम्म यस्ता व्यवसाय चलाउँदै आएका थिए । राती अवेरसम्म रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा व्यवसायी र प्रहरीबीच आर्थिक लेनदेन हुने गरेको शंका हुँदै आएको थियो । केही समय अघि अर्थ मन्त्रालयमा आयोजित ‘पुँजीगत खर्च सम्बन्धी अन्तर–मन्त्रालय छलफल’मा गृहमन्त्री खाँणले होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा खुला राख्ने प्रस्ताव गरेका थिए ।  उनले प्रस्तावमा यसले व्यवसाय बढ्ने र त्यसले सरकारको राजस्व बढ्ने दाबी गरेका थिए ।पर्यटन चलायमानरात्रिकालिन व्यवसाय खुला हुँदा आन्तरिक र बाह्य पर्यटन पनि फस्टाउने अपेक्षा व्यवसायीहरुको छ । काठमाडौँको ठमेल, पोखराको लेकसाइट र चितवनको सौराहामा रात्रिकालिन व्यवसायको माग उच्च रहेको पर्यटन बोर्ड बताउँछ ।यसअघिःरात्रिकालिन व्यवसाय खुलाउन गृहको ‘ग्रीन सिग्नल’, व्यवसायी उत्साहितकोरोना महामारी सुरु हुनुभन्दा अगाडी ठमेल, सौराहा र लेकसाइडका व्यवसायीले पटक पटक यो विषय उठाउँदै आएका थिए । विदेशका पर्यटकीय गन्तव्यको मुख्य आकर्षण रात्रिकालिन व्यवसाय पनि भएकाले नेपालमा पनि यस्तो व्यवसाय सञ्चालन गर्न दिईनुपर्ने पोखराका पर्यटन व्यवसायी हरि भुजेल बताउँछन् ।रोजगारीमा वृद्धिदिउँसोको समयमा मात्रै व्यवसाय चल्दा जति रोजगारी सिर्जना भएको छ, रातीको समयमा पनि चल्दा सोही बराबरको रोजगारी सिर्जना हुने रेष्टुरेन्ट तथा होटल व्यवसायीको भनाई छ । ‘व्यवसाय दिनमा र रातमा गरी दोब्बर समय चल्ने भएपछि होटल तथा रेष्टुरेन्टलाई कामदार पनि दोब्बर संख्यामै चाहिन्छ’ पर्यटन व्यवसायी राज मैनाली भन्छन्, ‘साना साना गन्तव्यमा पनि यस्तो व्यवसाय बढाउँदै लैजानुपर्छ, यसले रोजगारीसँगै स्थानीय उत्पादनको खपत बढाउँछ ।’रात्रिकालिन यातायातको विस्तारअहिले रात्रिकालिन यातायातको सुविधा कमजोर छ । ठमेल, दरबारमार्ग लगायतका क्षेत्रमा ट्याक्सीले रात्रिकालिन सेवा दिने गरेको भएपनि त्यो पर्याप्त छैन । यदि रात्रिकालिन व्यवसाय खुलेको अवस्था र होटल तथा रेष्टुरेन्ट पनि २४ सै घण्टा खुल्ने अवस्था आएमा सार्वजनिक सवारीले रात्रिकालिन सेवा विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ ।यदि, सार्वजनिक सवारीले रात्रिकालिन सेवा विस्तार गरेको खण्डमा सेवाग्राहीले सस्तोमा सेवा पाउने र यातायात व्यवसाय पनि फस्टाउने व्यवसायीहरुको दाबी छ ।

कास्कीमा स्कूल र सपिङ खुल्ने, डान्स बार र दोहोरी साँझ नखुल्ने

कास्कीमा स्कूल र कास्कीमा फागुन १ गतेबाट शैक्षिक संस्थाहरु भौतिकरुपमै सञ्चालन हुने भएका छन् । कास्की प्रशासनले आदेश जारी गर्दै स्वास्थ्य मापदण्ड पालन गर्दै शैक्षिक संस्थाहरु संचालन गर्न पाइने उल्लेख गरेको हो ।

कास्कीमा स्कूल र सपिङ खुल्ने, डान्स बार र दोहोरी साँझ नखुल्ने

कास्कीमा स्कूल र कास्कीमा फागुन १ गतेबाट शैक्षिक संस्थाहरु भौतिकरुपमै सञ्चालन हुने भएका छन् । कास्की प्रशासनले आदेश जारी गर्दै स्वास्थ्य मापदण्ड पालन गर्दै शैक्षिक संस्थाहरु संचालन गर्न पाइने उल्लेख गरेको हो ।

ज्येष्ठ नागरिकका सकस

युवायुवतीको मनोरञ्जनका लागि फिल्म हल, डान्स बार, दोहोरी साँझ आदि छन् भने ज्येष्ठ नागरिकका लागि भजनकीर्तन हल,

काठमाण्डौ उपत्यकामा फिल्म हल र दोहोरी साँझसमेत खोल्न पाइने

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा भोलि बिहीवारदेखि चलचित्र हल, दोहोरी साँझ (घर), डान्स बार लगायतका व्यवसाय पनि खुल्ने भएका छन् । काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले चलचित्र हल, दोहोरी घर, रेस्टुरेन्ट लगायतका व्यवसाय खोल्न दिने निर्णय गरेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो । स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि २०७८ मा उल्लेख भएका मापदण्डहरू पालना गरेर व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको प्रजिअ पराजुलीले बताउनुभयो । मापदण्ड पालना भए/नभएको बार...

रात्रिकालीन व्यवसाय बन्द गरिएकोमा व्यवसायीको आपत्ति

काठमाडौं । कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले सार्वजनिक स्थलमा भिडभाड नगर्न आदेश जारी गर्दै स्कुल, कलेजदेखि होटल, रेष्टुरेन्ट, डान्स बार लगायत मनोरञ्जनका क्षेत्रमा रोक लगाएको छ ।सोमबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारले पर्यटन क्षेत्रको अभिन्न अङ्ग रात्रिकालीन व्यवसाय, रेष्टुरेन्ट, क्लब, दोहोरी साँझ तथा डान्स बारहरु केही...