पूर्वमन्त्री अफताब आलमको रिट आज पनि हेर्दाहेर्दैमा

पूर्वमन्त्री अफताब आलम विरुद्धको रिट आज पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ ।  शुक्रबारको सुनुवाइ नसकिएपछि उक्त रिट फेरि पनि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको  सुनुवाइ भएको थियो । आलम विरुद्ध विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी अभियोग लागेको हो । यसअघि पटक पटक पेसी तोकिए पनि मुद्दाको सुनुवाइ भने भएकै छैन ।जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगन्जले सदर ग