यी बैंकका कारण विफल भयो ब्याज एकल अंकमा राख्ने प्रयास, संघका अध्यक्षसँग पनि असन्तुष्टी

कमर्शियल बैंकहरुबीच ब्याजको दर एकल अंकमा राख्ने प्रयास आइतबार बिफल भएको छ। आइतबार बिहानैदेखि सुरु भएको अनौपचारिक छलफल अन्तत बीना सहमति टुङ्गो लागेपछि ब्याज एकल अंकमा राख्ने प्रयास विफल भएको हो। बिजपाटीलाई प्राप्त जानकारीअनुसार अधिकांश बैंकका सीईओहरु ब्याजको दरलाई एकल अंकमा राखेर सहि संदेश दिनेबारे सहमति जुटेपनि  केहि बैंकका कारण यो प्रयास बिफल भएको हो। एनआईसी एसिया, नबिल, एनसीसी लगायतका बैंकका कारण ब्याजको दर एकल अंकमा राख्ने प्रयास असफल भएको हो।  अधिकांश बैंकका सीईओहरुले ब्याजको दर एकल अंकमा राख्दा समग्र बजारलाई सकारात्मक संदेश जाने र बेस रेट पनि थोरैले मात्रै बढ्दा ऋणीहरुलाई पनि मर्का नपर्ने तर्क अगाडी सारेपनि यी बैंकहरुले पनि आफुहरु मारमा पर्ने भन्दै ब्याज एकल अंकमा राख्न असहमत भएका हुन्। ब्याजको दर जति बढायो त्यति नै बेस रेट बढ्ने र बढेको बेस रेटले ऋणीहरुलाई पनि ब्याज बढाउँन पाइने र बैंकको आम्दानी बढ्ने लोभले यी बैंकले एकल अंकमा ब्याज राख्न नचाहेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बिजपाटीलाई बताए। 'अहिले एकल अंकमा ब्याज राख्न नचाहने बैकहरुले पहिले नै राष्ट्र बैंकले तोकेको सिमा भन्दा बढीले कर्जा बिस्तार गरिसकेको र अहिले ब्याज बढाउँदा कर्जाको ब्याज बढाउँन पाउँदा आम्दानी पनि बढ्ने भएकाले ब्याज एकल अंकमा राख्न नचाहेका हुन्, विकास बैकहरुले सहमति गरेर आफुहरु एक रहेको संदेश दिन सफल भएपनि कमर्शियल बैंक यो अवसरबाट बन्चित भएका छन्।' ती सीईओले भने। बैंकर्स संघका अध्यक्षसँग पनि असन्तुष्टि ब्याज एकल अंकमा राख्ने कि राष्ट्र बैंकले जारि गरेको सर्कुलर अनुसार कायम गर्ने भन्ने बिषयमा बैंकका सीईओहरुबीच 'भाईबर' मा 'च्याट'  भएको थियो। सबै कमर्शियल बैंकका सीईओहरुले आफ्नो भनाई राखेपनि एकल अंकमा ब्याज कायम गर्न नचाहेका बैंकका सीईओहरुले भने ग्रुपमा स्पष्ट संदेश नराखेको ती सीईओको भनाई छ। कमर्शियल बैंकहरुको सीईओहरुको संगठन नेपाल बैंकर्स संघका अध्यक्ष तथा कृषि विकास बैंकका सीईओ अनिल उपाध्यायले कुनै माध्यम मार्फत एक पटक सामुहिक छलफल राखिदिएको भए सम्भवत एकल अंकमा ब्याज राख्ने बिषयमा सहमती हुने ती सीईओले बिजपाटीलाई बताए।'भाईबरमा च्याट मात्रै हुँदा सपष्ट संदेश आएन, बैंकर्स संघका अध्यक्ष अनिल सरले जुम, व्ह्याट्सएप वा अरु कुनै माध्यम मार्फत गर्न सकिने गरि एउटा सामुहिक छलफल डाक्दिनु भएको भए सम्भवत ब्याज एकल अंकमा राख्ने प्रयास सफल हुन्थ्यो र बजार मा पनि सकारात्मक संदेश जान्थ्यो' उनले भने। नेपाल राष्ट्र बैंकले ब्याजदर निर्धारणमा नयाँ फर्मुला तोकेपछि २४ वटा कमर्शियल बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याज बढाएर दोहोरो अंकमा पुर्याएका छन्। समान ब्याज राख्ने प्रस्तावमा कमर्शियल बैंकका सीईओहरुबीच सहमती नजुटेपछि यी २४ वटाले ब्याज दोहोरो अंकमा पुर्याएका हुन्। २४ वटा कमर्शियल बैंकमे व्यक्तिगत तर्फको मुद्दती निक्षेपको ब्याज बढाएर १०.०५ प्रतिशत पुर्याएका छन्। उनीहरुले नेपाल राष्ट्र बैंकले आइतबार कात्तिक २८ गते जारी गरेको सर्कुलर अनुसार ब्याज १०.०५ प्रतिशत पुर्याएका हुन्। कमर्शियल बैंकका सीईओहरुबीच मुद्दती निक्षेपको ब्याज ९.७५ वा ९.७४ प्रतिशत राख्ने प्रयास असफल भएपछि सबैले राष्ट्र बैंकको निर्देशनभित्र रहेर ब्याजको दर सर्वजनिक गरेका हुन्।  तर  तीनवटा कमर्शियल बैंकले भने मुद्दती निक्षेपको ब्याज एकल अंकमा राखेका छन्। निजि क्षेत्रका बिशेषगरि शिक्षा क्षेत्रका धेरै संस्थापक सेयरधनी रहेको मेगा बैंक, बिदेशी लगानीको स्ट्याण्डर्ड चार्टड बैंक र सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले ब्याज एकल अंकमा राखेका छन्। मेगा बैंकले मुद्दाती निक्षेपको अधिकतम ब्याज ९.९६ प्रतिशत निर्धारण गरेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले ९.३० प्रतिशत ब्याज तोकेको छ। त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले ९.९६ प्रतिशत तय गरेको छ।    

सम्बन्धित सामग्री

जुकोट रेस्टुरेन्टले सिटिजन्स बैंकका ग्राहकलाई छुट दिने

काठमाडौँ – काठमाडौँको जुकोट दरबार थकाली रेस्टुरेन्टले सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने भएको छ। आइतबार बैंक र रेस्टुरेन्ट बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले जुकोट दरबार थकाली रेस्टुरेन्ट एण्ड लाउन्जमा १५% सम्मको आकर्षक छुट पाउनेछन्। यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद […]

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंक र द्वारिकाज् होटलबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंक र नयाँबानेश्वरको सूर्या हेल्थ केयरबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।...

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंकले विभिन्न संस्थासँग सम्झौता गरेको छ। सम्झौतापश्चात् बैंकका ग्राहकले उक्त संस्थाका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्नेछन्।...

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंकले विभिन्न संस्थासँग सम्झौता गरेको छ। सम्झौतापश्चात् बैंकका ग्राहकले उक्त संस्थाका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्नेछन्।...

सनराइज बैंकका ग्राहकलाई हस्पिटलमा छुट

सनराइज बैंक र फ्रन्टलाइन हस्पिटलबीच बैंकका ग्राहकलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।...

एनएमबि बैंकका ग्राहकलाई स्वोनिगा लाउन्जमा विशेष छुट

काठमाडौं । एनएमबि बैंकका ग्राहकले आन्तरिक विमानस्थलको भित्री लबीमा अवस्थित स्वोनिगा लाउन्जकाे सेवामा विशेष छुट पाउने भएका छन् । एनएमबि बैंक र स्वोनिगा लाउन्ज बीच सेवा छुटसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र स्वोनिगा लाउन्जका प्रबन्ध निर्देशक सुवास श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकका ग्राहकहरुले […]

सिटिजन्स बैंकका ग्राहकलाई छुट

सिटिजन्स बैंक र सुर्खेत स्थित सुर्खेत हस्पिटलबीच सिटिजन्स बैंकका कार्डवाहकलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।...

एभरेष्ट बैंकका ग्राहकलाई आगन्तुक रिसोर्टमा छुट

एभरेष्ट बैंक र आगन्तुक रिसोर्टबीच बैंकका कार्डधारक, मोबाइल बैंकिङ प्रयोगकर्ताहरू र बैंकका कर्मचारीहरूलाई रिसोर्टमा छुट दिने सहमति भएको छ ।  आवासमा २३ र खाना र पेय पदार्थमा १४ प्रतिशत छुट दिने सम्झौता भएको बैंकले जानकारी दिएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ र रिसोर्टका बोर्ड कोर्डिनेटर कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका...

सामाजिक सुरक्षा कोषका विरुद्ध बैंकका कर्मचारी सर्वोच्चमा

काठमाडौं। वाणिज्य बैंकका कर्मचारीले सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनीहरुले आज कोषको विरुद्धका सर्वोच्चमा मुद्धा दायर गरेका हुन्। कोषले सबै निजी बैंकका कर्मचारी असार मसान्त भित्रमा कोषमा आबद्ध भइसक्न भन्दै पत्र लेखेको थियो। त्यसयता कोषको विरोधमा आन्दोलनमा उत्रिएका बैंकका कर्मचारीले निर्णयको जिम्मेवारी सर्वोच्चलाई दिएका हुन्।