एनसेलको आगमन कलमा कुरा गर्दा ट्याबलेट जित्ने अफर

काठमाडौं (अस) । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले परिवारजन, साथीभाइ र आफन्तले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्न सकिने अफर सार्वजनिक गरेको छ । एनसेलले चिनियाँ नयाँ वर्ष अवसरमा मलेसियन दूरसञ्चार सेवाप्रदायक कम्पनीसँगको सहकार्यमा यो योजना ल्याएको हो । यो योजना माघ १८ गतेबाट १० दिनसम्म सञ्चालनमा रहने कम्पनीले बताएको छ । योजना अवधिमा मलेसियाबाट आउने आगमनकलमा सबैभन्दा धेरै कुरा गर्ने तीन ग्राहकले १/१ वटा फिल्पकेस र टी–पेसहितको टीसीएल ट्याब टेनएस पाउनेछन् । ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा तीन जना विजयीको नाम छानिनेछ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस मोबाइल सेवाप्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले ट्याब जित्ने मौका पाउनेछन् । मलेसियाबाट आउने आगमन कलमा कम्तीमा दुई मिनेट कुरा गर्ने ग्राहकले योजनामा सहभागी सक्ने कम्पनीले जनाएको छ । मलेसियाबाट आउने कलमा कुरा गर्ने ग्राहकलगायत अन्य देशबाट आएको कलमा कुरा गर्ने एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा २० रुपैयाँसम्म बोनस प्राप्त गर्नेछन् । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउनसमेत प्रयोग गर्न सक्नेछन् । यस्तै, एनसेलले विश्वका विभिन्न देशमा रहेका नेपालीलाई मनोरञ्जन प्रदान गर्न माघ २९ साँझ ६ः४५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना गर्ने भएको छ । कार्यक्रममा गायक कालिप्रसाद बास्तोलाले प्रस्तुति दिने कम्पनीले बताएको छ ।

सम्बन्धित सामग्री

आफ्नो पहिलो ट्याबलेट सार्वजनिक गर्दै वानप्लस

वानप्लसले आफ्नो पहिलो ट्याबलेट सार्वजनिक गर्ने भएको छ । आगामी महिना वानप्लस ट्याबलेट आधिकारिक रुपमा सार्वजनिक हुने भएको छ । हालै ट्याबलेटको आधिकारिक इमेज पनि सार्वजनिक भएको छ र यसको रंग ह्यालो ग्रीन देखिएको छ । यो ट्याबलेट वानप्लस ११ ५ जी र बड्स प्रो २ सँगै फेब्रुअरी ७ को कार्यक्रममा सार्वजनिक हुने भएको छ । यस ट्याबलेटमा बिचतिर रियर क्यामेरा रहेको छ र यस फोनको बिचको भाग...

सामसंगको पहिलो फोल्डेबल ट्याबलेट सार्वजनिक हुँदै

सामसंगको पहिलो फोल्डेबल ट्याबलेट आगामी ६ महिना भित्र सार्वजनिक हुने भएको छ । कम्पनीले अरु फोल्डेबल स्मार्टफोन पनि यही अगस्ट १० मा हुन गईरहेको अनप्याक्ड ईभेन्टमा सार्वजनिक हुने भएका छन् । कम्पनीले अनप्याक्ड ईभेन्टमा ग्यालेक्सी जेड फिल्प फोर र ग्यालेक्सी जेड फोल्ड ४ सार्वजनिक गरेपछि चााँडैनै फोल्डेबल ट्याबलेट मा काम गर्नेछ । यसको नाम ग्यालेक्सी ट्याब एस नाइन...

नेपालमा ६५० एमजीको पारासिटामोल ट्याबलेट बन्ने

नेपालमा ६५० एमजीको पारासिटामोल ट्याबलेट बन्ने भएको छ। बिहीबार बसेको औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले नेपालमा पनि ६५० एमजीको पारासिटामोल बनाउने निर्णय गरेको हो।

एनसेलमा कुरा गर्दा ट्याबलेट पाउन सक्ने

काठमाडौं, माघ १८ । एनसेल आजियाटा लिमिटेडले आगमन कलमा कुरा गर्दा ट्याबलेट पाइने योजना सार्वजनिक गरेको छ । कम्पनीले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा परिवाजन, साथीभाई र आफन्तले मलेसियाबाट कलमा कुरा गर्दा ट्याबलेट जित्ने योजना ल्याएको जनाएको छ । १० दिनका लागि संचालनमा ल्याइको यो योजनामा ग्राहकले उठाएको आगमन कलको […]

एनसेल अफर : आगमन कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका

काठमाडौं । एनसेलले आफ्ना ग्राहकका लागि मलेसियाबाट आउने कलमा कुरा गर्दा ट्याबलेट जित्ने आकर्षक योजना ल्याएको छ । योजना अनुसार आफ्ना परिवारजन, साथीभाइ र आफन्तहरुले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउनेछन् । एनसेल आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा यो आकर्षक योजना ल्याएको हो । मंगलबारदेखि […]

नागढुंगाबाट लागूऔषध २८३ ट्याबलेट नाइट्राभेटसहित एकजना पक्राउ

१४ असोज, काठमाडौं । प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट लागूऔषध २८३ ट्याबलेट नाइट्राभेटसहित एकजनालाई पक्राउ गरेको छ । ् पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका-१३ बस्ने १९ वर्षीय अतित तामाङ रहेका छन् । बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ८००१ नम्बरको बसलाई नागढुंगास्थित चेक प्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार अतितलाई उक्त लागूऔषध सहित फेला पारी […]

एक वर्षमा करिव साढे ८ अर्बको ल्यापटप, नोटबुक र ट्याबलेट आयात

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा विभिन्न देशबाट नेपालमा आठअर्ब४१करोड १३ लाख ७३ हजार रुपैयाँको ल्यापटप, नोटबुक र ट्याबलेट भित्रिएको छ। भन्सार विभागका अनुसार सो वर्ष सातअर्ब ७७ करोड २३ लाख ५८ हजार रुपैयाँको एकलाख ३९ हाजर ४४७ थान ल्यापटप तथा नोटबुक नेपालले आयात गरेको छ। यस्तै, सोही अवधिमा ६३करोड ९०लाख १५ हजार रुपैयाँको २९ हजार ९३५थान ट्याबलेट नेपाल भित्रिएको छ।

यो बर्ष नेपाल भित्रिए ७ अर्बभन्दा बढीको ल्यापटप, नोटबुक र ट्याबलेट

काठमाडौं। यो वर्ष नेपालमा ७ अर्बभन्दा बढीको ल्यापटप, नोटबुक र ट्याबलेट भित्रिएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/७८को पहिलो एघार महिनामा सातअर्ब१८ करोड७१ लाख३९ हजार रुपैयाँका ल्यापटप, नोटबुक र ट्याबलेट नेपाल भित्रिएका हुन्। सो अवधिमा छअर्ब ५८ करोड ८९ लाख४७ हजार रुपैयाँका ल्यापटप तथा नोटबुक र ५९ करोड ८१ लाख ९२ हजार रुपैयाँको ट्याबलेट नेपालले आयात गरेको छ।

दश महिनामा साढे ६ अर्बभन्दा बढीको ल्यापटप, नोटबुक र ट्याबलेट नेपाल भित्रियो

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८को पहिलो दश महिनामा विभिन्न देशबाट ६अर्ब ६१ करोड ७० लाख तीनहजार रुपैयाँको ल्यापटप, नोटबुक र ट्याबलेट नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार ६ अर्ब २ करोड ४६ लाख ३९ हजारको ल्यापटप तथा नोटबुक र ५९ करोड २३ लाख ६५ हजारको ट्याबलेट नेपाल भित्रिएको छ। २०७७ साउनदेखि २०७८ वैशाख मसान्तसम्मको अवधिमा ती सामाग्री नेपाल भित्रिएका हुन्।

दश महिनामा साढे ६ अर्बभन्दा बढीको ल्यापटप, नोटबुक र ट्याबलेट नेपाल भित्रियो

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८को पहिलो दश महिनामा विभिन्न देशबाट ६अर्ब ६१ करोड ७० लाख तीनहजार रुपैयाँको ल्यापटप, नोटबुक र ट्याबलेट नेपाल भित्रिएको छ। भन्सार विभागका अनुसार ६ अर्ब २ करोड ४६ लाख ३९ हजारको ल्यापटप तथा नोटबुक र ५९ करोड २३ लाख ६५ हजारको ट्याबलेट नेपाल भित्रिएको छ। २०७७ साउनदेखि २०७८ वैशाख मसान्तसम्मको अवधिमा ती सामाग्री नेपाल भित्रिएका हुन्।