महिला लघुवित्तले ५०% लाभांश बुधवार पारित गर्ने

मंसिर २१, काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको ५० प्रतिशत लाभांश बुधवार (मंसिर २२ गते) पारित गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड रहेको छ । सोही पूँजीको आधारमा ५० प्रतिशत लाभांश यस वर्ष कम्पनीले वितरण गर्न लागेको हो । लाभांश प्रस्ताव सहित गत वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणलाई पनि सभाले टुङ्ग्याउनेछ । सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालक निर्वाचन समेत गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । २०७७ साल फागुन १४ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले पहिलो वर्षनै आकर्षक लाभांश वितरण गर्न लागेको हो । कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रू. २ करोड ८६ लाखभन्दा बढी खुद नाफा गरेको छ भने जगेडा कोषमा रू. २२ करोड ८९ लाखभन्दा बढी रकम संचित छ । त्यस अवधिसम्म प्रतिशेयर आम्दानी रू. ११४ दशमलव ७१ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने रू. ३२८ दशमलव ९४ छ ।

सम्बन्धित सामग्री

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पारित

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले सेयरधनीलाई लाभांश वितरणका लागि गरेको प्रस्ताव पारित भएको छ । कम्पनीको मर्जरपछिको पहिलो साधारणसभाका रूपमा रहेको ३०औँ वार्षिक साधारणसभाले लाभांश वितरण प्रस्ताव पारित गरेको हो ।  कम्पनीको हाल कायम...

एनआइसी एसिया बैंकको लाभांश पारित

एनआइसी एसिया बैंक लिमिटेडले सेयरधनीलाई वितरण गरेको लाभांश पारित भएको छ । बैंकको २६औँ वार्षिक साधारणसभाले लाभांश वितरण पारित गरेको हो । साधारणसभाले गत आव ०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता...

प्रभु इन्स्योरेन्सको लाभांश पारित

प्रभु इन्स्योरेन्स लिमिटेडले प्रस्ताव गरेको ७.०५ प्रतिशत लाभांश पारित गरेको छ । इन्स्सोरेन्सको २७ औँ वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । सभाले चुक्ता पुँजीको ६.७० प्रतिशत बोनस सेयर तथा ०.३५ प्रतिशत बोनस सेयरमा लाग्ने करसमेत जम्मा ७.०५ प्रतिशत लाभांश पारित गरेको हो । साथै, उक्त साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को आर्थिक प्रतिवेदन पनि […]

नबिल बैंकको ३० प्रतिशत लाभांश पारित

काठमाडौँ – नबिल बैंकको ३० प्रतिशत लाभांश पारित भएको छ। शुक्रबार बैंकको ३८ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्तावित ३० प्रतिशत लाभांश पारित गरेको हो। बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। समीक्षा वर्षको […]

युनाइटेड इन्स्योरेन्सको लाभांश पारित

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले सेयरधनीका लागि वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित भएको छ । कम्पनीको २९औँ वार्षिक साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट पाँच प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका...

एनएमबि बैंकको लाभांश पारित

एनएमबि बैंकले सेयर सदस्यका लागि प्रस्ताव गरेको लाभांश पारित भएको छ । बैंकको २७औँ साधारणसभाले आव ०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको करसहितको आठ दशमलव २५ प्रतिशत लाभांश पारित...

हिमालयनको २६ प्रतिशत लाभांश पारित

हिमालयन बैंक लिमिटेडले सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २९औँ साधारणसभाले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको...

इन्भेष्टमेन्ट बैंकको  लाभांश पारित

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको लाभांश पारित गरेको छ । सभाले १२.६११ प्रतिशत बोनस सेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश पारित...

सिबिआईएल क्यापिटलको २५ प्रतिशत लाभांश पारित

सिबिआईएल क्यापिटलले आफ्ना सेयरधनीहरुका लागि २५ प्रतिशत नगद लाभांश पारित गरेको छ । शुक्रबार सम्पन्न पन्ध्रौं वार्षिक साधारणसभामा उक्त लाभांश पारित गरेको कम्पनीले जनाएको छ ।साधारणसभाले आर्थिक वर्ष २०७७÷०७८ को मुनाफाबाट २५ नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको हो ।

प्रुडेन्सियल इन्स्योरेन्सले पारित गर्याे लाभांश

काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्सको १९ औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ। उक्त सभाले अहिले कायम रहेको चुक्ता पुँजिको ८ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.४२ प्रतिशत लाभांश पारित गरेको हो। योसँगै कम्पनीले कुल ८.४२ प्रतिशत लाभांश पारित गरेको छ।