कांग्रेस महाधिवेशनले जुरायो ओली, प्रचण्ड र नेपाल एकै मञ्चमा बस्ने अवसर

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनले तीन कम्युनिष्ट नेताहरूलाई एकै मंचमा बस्ने जुराएको छ।राजनीतिक तिक्तताका बीच नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज एकै मञ्चमा देखिएका हुन्। ओलीले प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर गरेका हुन्।  ओली देउवाको बायाँ बसेका छन् भने दायाँतर्फ प्रचण्ड र माधव नेपाल छन्। बिहीवार बिरामी रहेका ओली महाधिवेशनको उद्घाटन सत्र