काठमाण्डाै – आउँदो वसन्तयाममा नेपालको हिमाल आरोहणका लागि तेस्राे समूहले अनुमति लिएको छ ।
अन्नपूर्ण हिमाल आरोहणका लागि १५ जना आरोही सम्मिलित एउटा समूहले आइतवार अनुमति लिएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । योसहित वसन्तयाममा हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या २० पुगेको छ ।
यसअघि चार जनाको एउटा समूहले नुप्त्से हिमाल र एक जनाले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका थिए ।
यसैबीच सगरमाथा आराेहणका लागि बाटो बनाउने आइसफल डाक्टरहरूको टोली सगरमाथा आधार...