हेटौंडा आइपुग्यो ८३ हजार डोज खोप, भण्डारण गर्न पथलैया पठाइयो

हेटौंडा  :  नेपाल सरकारले चीनबाट ल्याएको ८३ हजार डोज खोप हेटौंडा आइपुगेको छ।  सरकारले चीनबाट शुक्रबार ल्याएको ८ लाख डोज खोपमध्ये ८३ हजार दुईसय डोज शनिबार बिहान हेटौंडा आइपुगेको हो।बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीले शनिबार बिहान ३ बजे केन्द्र सरकारले पठाएको खोप हेटौंडा आइपुगेको जानकारी दिए। उनले खोपको मात्रा धेरै भएकोले हेटौंडामा राख्ने स्थान नहुँदा २ नम्वर प्रदेशको चिस्यान केन्द्रमा पठाइएको बताए। &ls