संसारलाई हिटलर आवश्यक छ भन्दै ट्वीट गर्ने पत्रकारलाई सीएनएनले निकाल्यो

सीएनएनका लागि पाकिस्तानबाट समाचार पठाउने सञ्चारकर्मी अदील राजाले संसारलाई हिटलरको आवश्यकता छ भन्दै ट्वीट गरेपछि सीएनएनले बर्खास्त गरेको छ । इजरायल र प्यालेस्टाइनबीच हिंसा चर्किरहेको बेलामा राजाको ट्वीट आएको हो । राजा सन् २०१३ देखि सीएनएनलाई स्वतन्त्र पत्रकारको हैसियतमा समाचार पठाइरहेका थिए । आइतवार राति हिटलरसम्बन्धी ट्वीट गरेर लगभग तीन घन्टापछि उनले डिलिट गरेका थिए । तर उनले यसअघि पनि थुप्रैपटक यहुदीविरोधी ट्वीट गरेको पत्ता लागेको छ । सन् २०१४ को फूटबल विश्वकपको फाइनलमा जर्मनी र अर्जेन्टिनाबीचको भिडन्...