रहेनन् कांग्रेस नेता तिमिल्सिना, कोरोना सङ्क्रमणबाट निधन

नेपाली कांग्रेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सिनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उच्च निमोनियासँगै श्वासप्रश्वासमा समस्या आएपछि उनलाई चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।      कलेजका अनुसार गएराति ७७ वर्षका उमेरमा उहाँको निधन भएको हो ।  कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परीक्षणमा भने नेगेटिभ नतिजा आएको थियो । विसं २००१ माघ २५ गते उनको जन्म भएको थियो ।  उनले साविक नारायणपुर गाउँ विकास समितिको दुई कार्यकाल प्रध