जिप्रका हुम्लाको सेवा सुचारु

सिमकोट– एक हप्तादेखि बन्द जिल्ला प्रशासन कार्यालय हुम्लाको सेवा सोमबारबाट सुचारु भएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी दशरथ राईलाई कोरोना संक्रमण भएपछि जिप्रकाको सेवा बन्द भएको थियो। निमित्त प्रजिअ राईले सोमबारबाट सबै सेवा सुचारु भएको जानकारी दिए। उनले आफू कोरोनामुक्त भएको र तोकिएको आइसोलेशन बस्ने अवधि सकिएपछि कार्यालय सुचारु गरिएको बताए। कार्यालयले सेवा सुचारु गरेपछि […]