द्रुतमार्ग (काठमाडौं-निजगढ फास्ट ट्र्याक) निर्माण क्षेत्रमा काट्नुपर्ने रुखका विषयमा सरकारी अधिकारीहरूबीच संसदीय समितिमा आरोप-प्रत्यारोप चलेको छ । रक्षा मन्त्रालयका निमित्त सचिव बाबुराम अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव अर्जुन थापा र वन तथा भू-संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काबीच रुख काट्ने विषयलाई लिएर भनाभन भएको हो ।