पनौतीमा लागेकाे मकर मेलाका कारण कोटेश्वर नाकामा चाप

काठमाण्डाै - काभ्रेकाे पनौतीमा लागेकाे मेलाका कारण काठमाण्डौको कोटेश्वर हुँदै बाहिरिने र भित्रिने गाडीको चाप बढ्न थालेको छ । कोटेश्वर जगाती हुँदै पनौती पुगिने भएकाले यो नाकामा हरेक दिन चाप पर्ने गरेको छ। विशेष गरी कार्यालय समयमा धेरै जाम हुने गरेको छ । हरेक १२ वर्षमा मात्रै मेला लाग्ने भएकाले मेलामा जानेहरुकाे भिड छ । यात्रुको भिडले सार्वजनिक गाडीमा ओहोरदोहोर गर्न नै मुस्किल  छ। अहिले सार्वजनिक गाडी र निजी गाडीमा पनौती मेला भर्न जानेहरुको सङ्ख्या उत्तिकै छ । पनौतीको त्रिवेणीघाटमा लाग्ने...