सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो लगानी करिब ३३ अर्ब रुपैयाँ पुगेको जनाएको छ। नवौँ वार्षिकोत्सवका अवसरमा जारी शुभकामना सन्देशमा कम्पनीले वित्तीय आधार सुदृढ बनाउँदै डिजिटल र ग्राहककेन्द्रित सेवा विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको हो। कम्पनीले प्रविधिमा आधारित प्रक्रिया, छिटो तथा सहज सेवा र विश्वसनीय दाबी भुक्तानीमार्फत ग्राहकको अनुभव सुधार गर्ने प्रयास जारी रहेको उल्लेख गरेको […]
सुर्खेत । जुम्लाको हिमा गाउँपालिका–ओदीमा युद्धकालीन बम विस्फोट हुँदा दुई जना घाइते भएका छन्। विस्फोटमा घाइतेमध्ये १४ वर्षीय बालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए। अर्का घाइतेको अवस्था सामान्य छ। गम्भीर घाइते बालकलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान […]
बा भन्नुहुन्थ्यो-
विचारलाई बलियो बनाउनू,
विचारले जन्माउँछ आकार,
त्यही आकार हो चिनारी ।
सम्झौता नगर्नू विचारमा,
अहङ्कारले होइन,
अहम्ले बाँच्नू सधैँभरि,
र पहिचान जोगाउनू ।
खै, अचेल
न्युक्लियस हराएको कोषजस्तै
विचार बिलाउँदै गएको हो कि,
विचारको लगाम चुँडिएर
आकार मात्र फैलिँदै गएको हो ?
अमिबाझैँ विस्तारित छ आकार,
विशृङ्खलित …
काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । तिथि वृद्धि हुँदा आज पनि महाअष्टमी मानेर यहाँका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी, टोखा चण्डेश्वरीलगायत शक्तिपीठ एवं देवी मन्दिरमा पूजार्चना गर्ने भक्तजनको भीड लागेको […]
हाल च्याटजीपीटीको कमिटमेन्ट क्यापिटल १२२ अर्ब अमेरिकी डलर रहेको छ भने लगानीपछिको कम्पनीको कुल भ्यालु (मूल्यांकन) ८५२ अर्ब अमेरिकी डलरबराबर पुगेको कम्पनीको दाबी छ ।