दसैँको टीकाको साइत १०:०२ बजे

 नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले असोज २९ गते शुक्रबार विजय दशमी पर्वको दिन बिहान १० बजेर २ मिनेटमा टीकाको साइत परेको जानकारी दिएको हो । समितिका अनुसार टीका लगाउने मानिस पूर्व फर्कनुपर्नेछ भने टीका लगाइमाग्ने मानिस पश्चिम फर्किनुपर्नेछ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।यसैगरी, समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गर्दै असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको जान