चीन र रुसका विदेशमन्त्रीबीच भेटवार्ता

चीन र रुसका विदेशमन्त्रीबीच आगामी दिनमा एक आपसमा मिलेर अघि बढ्ने र आपसी सहयोगका कार्यक्रमहरुलाई साथ साथमा अघि बढाउने सहमति भएको बताइएको छ । दुई मन्त्रीबीच हिजो भएको भेटवार्ताका क्रममा सो सहमति भएको हो । उनीहरुबीच द्धिपक्षीय हित र अन्य सहयोगका क्षेत्रहरुमा सहकार्य गर्ने बारेमा समझदारी भएको बताइएको छ  । चिनियाँ विदेशमन्त्री वाङ यी र रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभबीच बिहीबार भेटवार्ता भएको हो । उनीहरुले यी दुई देशबीच विगत लामो समयदेखि नै सुमधुर सम्बन्ध रही आएको भन्दै आर्थिक, सामाजिक तथा