आफ्नै तागतमा चुनाव जित्ने कुरा पार्टीकाे प्राथमिकतामा : प्रचण्ड

काठमाण्डाै – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय तहको चुनावमा आफ्नै तागतमा चुनाव जित्ने कुरालाई पार्टीले प्राथमिकतामा राखेको बताउनुभएको छ । नुवाकोटमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धनका दलहरुबीच तालमेलको कुरालाई स्वीकार गर्ने तर पहिलो प्राथामिकता आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने प्रयास हुने बताउनुभयो । उहाँले गठबन्धनका दलहरु बाहेक चुनावी तालमेल नगर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीले चुनावको कार्यक्रम, नीति र योजना बनाउने काम गरिरहेको भन्दै अहिले पार्टीको सबै ध्यान स्थानीय त...

सम्बन्धित सामग्री

डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिएन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले डेङ्गु नियन्त्रणमा सरकारको ध्यान जान नसकेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौं चावहिलको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेङ्गु नियन्त्रणमा जिम्मेवारी बहन गर्न सरकार चुकेको बताए । उनले चाडबाडका बेला डेङ्गु को प्रकोप बढ्ने देखिएकाले तीनै तहको सरकारले त्यसमा ध्यान दिएर काम गर्नुपर्ने बताए । राजनीतिको प्राथमिकतामा चुनाव जित्ने र सरकार बनाउने मात्रै भएको थापाको आरोप छ । पार्टीभित्र अवसरका लागि विद्रोह गर्नुपर्ने अवस्था आउनु दुखद् भएको भन्दै न

‘मतदाताले गठबन्धनलाई पत्याएका छैनन्, पोखरामा एमालेले नै जित्छ’

कास्की :  यो पटकको स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धन र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुँदैछ। पाँच दल देशभरका महानगर र उपमहानगरमा मात्रै होइन वडासम्म भागवण्डा गरेर चुनावमा होमिएका छन्।एमाले करिब एक्लै चुनाव जित्ने बताइरहेको छ। यो पटकको चुनावमा पनि महानगरको नेतृत्व दलहरूको प्राथमिकतामा परेको छ। एमालेले मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ। गठबन्धनबाट मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छन्। उनीहरूसँगै

धरानका सुकुम्बासीद्वारा ‘एक हातमा लालपूर्जा अर्को हातले भोट’ हाल्ने घोषणा

चैत २१, धरान । राजनीतिक दलहरुले सुकुम्बासीहरुको भोट बैंकको रुपमा प्रयोग गरेको आक्रोस पोख्दै आउँदो निर्वाचनमा ‘एक हातमा लालपूर्जा एक हातले भोट’ माग गरेका छन् ।  हरेक राजनीतिक दलको घोषणापत्रमा सुकुम्बासी समस्या समाधान गर्ने उल्लेख गरे पनि चुनाव जितिसकेपछि कार्यान्वयन नगरेको भन्दै अबको निर्वाचनमा एक हातमा लालपूर्जा अर्को हातले भोट हाल्ने घोषणा गरेका छन् ।  स्थानीय तहको निर्वाचन अघि नै सुकुम्बासीलाई लालपूर्जा नदिए भोट नहाल्ने भन्दै देशभरका स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाउँदै आएका छन् । यसै क्रममा धरानमा पनि आइतवार ‘नो लालपूर्जा नो भोट’ अभियान अन्तर्गत र्‍याली प्रदर्शन गर्दै मेयर तिलक राईलाई ज्ञापनपत्र बुझाएका छन् । धरान १ छाताचौकबाट लालपूर्जा दिएपछि मात्रै भोट हाल्ने भन्दै नारा जुलुस सहितको र्‍याली प्रदर्शन गरेका थिए ।  सुकुम्बासीलाई जहिल्यै आश्वासन दिएर बलीको बोका बनाइने राजनीतिक चरित्रको अन्त्य गर्दै वैसाख ३० गते हुने स्थानीय निर्वाचन अघि नै लालपूर्जा वितरण गर्नुपर्ने माग गरेका छन् ।  सुकुम्बासीले बुझाएको घोषणापत्रमा सुकुम्बासीलाई स्थानीय बसोबासको व्यवस्था, सुकुम्बासी क्षेत्र विकास कोषको स्थापना गरी बाटो, पानी, बिजुली बत्ती लगायत मुद्दाहरुलाई समेटिनु पर्ने बताएका छन् ।  १० बुदे घोषणापत्र बुझाउँदै नेपाल बसोबास बस्ती संरक्षण समाजका केन्द्रिय अध्यक्ष कुमार कार्कीले सुकुम्बासीलाई राजनीतिक दलले चुनाव जित्ने माध्यम बनाएको आरोप लगाए । उनले भने, ‘राजनीतिक दलका लागि सुकुम्बासी सुनको अण्डा पार्ने कुखुरा जस्तै भएको छ, घोषणापत्रमा सुकुम्बासी समस्या समाधानको कुरालाई प्राथमिकतामा राखिएको हुन्छ, चुनाव जितेर गएपछि त्यो मुद्दा नै ओझेलमा पर्छ ।’ उनीहरुले आयोगको झन्झिटिलो प्रक्रियाबाट नभई फाष्ट ट्रयाकबाट लालपूर्जा दिने व्यवस्था गर्नुपर्ने बताएका छन् । अध्यक्ष कार्कीले भने, ‘झन्झटिलो प्रक्रिया भएको आयोगबाट भन्दा पनि सिधा स्थानीय तहको सिफारिशमा जिल्ला नापी कार्यालयबाट जग्गा नाप्ने र जिल्ला मालपोत कार्यालयबाट श्रेस्ता कायम गरि लालपूर्जा वितरणको कार्य गर्नुपर्छ, यसो भएमा मात्र सुकुम्बासीले सहज रुपमा लालपूर्जा पाउँछन् ।  स्थानीय तह लक्षित ‘नो लालपूर्जा, नोट भोट’ अयिभान हालसम्म देशका १५ जिल्लाका स्थानीय तहहरुमा गरिसकेको अध्यक्ष कार्कीले जानकारी दिए । ज्ञापनपत्र बुझिसकेपछि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आयोग र नगरपालिकाबीच सुकुम्बासी समस्या समाधानमा सम्झौता भइसकेकाले चाडै समस्या समाधान हुने विश्वास दिलाएका थिए ।

गठबन्धनसँग तालमेल गरी प्रतिगमनलाई परास्त गर्छौ : अध्यक्ष प्रचण्ड

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरुसँग चुनावी तालमेल गरेर प्रतिगमनकारी शक्तिलाई परास्त गरिने बताउनुभएको छ । आइतबार मधेश प्रदेशको महोत्तरीमा आयोजित गौशला नगरपालिका भवनको समुद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुदै उहाँले पार्टीको एजेण्डाको बलमा चुनाव जित्ने कुरा पहिलो प्राथमिकतामा राखिनुको साथसाथै गठबन्धन टुट्न नहुने बताउनुभयो ।

गठबन्धनमा तालमेलबारे मुख्य नेतृत्वमा विमति छैन : प्रचण्ड

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा गठबन्धनका दलहरुबीच तालमेल गर्ने विषयमा मुख्य नेतृत्व्मा कुनै विमति नभएको बताउनुभयो । बिहीबार लुम्बिनी प्रदेशमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धनका दलहरुबीच तालमेल गर्ने तर यो भन्दा पनि पार्टीको आफ्नै एजेण्डाको बलमा चुनाव जित्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

छापामा आजः चुनाव जित्ने चर्चित घोषणा नै नीति तथा कार्यक्रममा परेन

८ जेठ, काठमाडौं । आज मंगलबार, राजधानीबाट प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा सरकारले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रम परेको छ । पत्रपत्रिकाहरुले विविध शीर्षक दिएर यसका विविध पाटा–पक्ष केलाएका छन् । नयाँ पत्रिका दैनिकले ‘सरकारको पाँचवर्षे रोडम्याप’ शीर्षक दिएर नीति तथा कार्यक्रमको जानकारी एवं विश्लेषण गरेको छ । …