प्रदेश सचिवहरुकाे गुनासाे–संघीयतालाई दलीयकरण गरियो, कर्मचारीकाे संख्या थाेरै भयाे

काठमाण्डाै – प्रदेश १ का प्रदेश सचिवहरुले संघीयतालाई राजनीतिकरण गर्नुपर्नेमा दलीयकरण गरेको आरोप लगाएका छन् । बुधवार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले केन्द्र सरकारको मुख ताक्दा पनि कतिपय कानून निर्माण हुन नसकेको बताए । उनीहरुले प्रदेश आफैँमा आत्मनिर्भर भए संघीयता सफल हुने बताए । यस्तै  प्रदेश र पालिकामा पर्याप्त कर्मचारी नहुँदा काम गर्न कठिनाइ भएको पनि उनीहरुले बताएका छन् । उनीहरुले प्...