एमालेकाे अवराेधपछि प्रतिनिधि सभाकाे बैठक स्थगित

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको आज मङ्गलवारको बैठक स्थगित गरिएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा बाहिरी मानिसले राजस्वकाे दर हेरफेर गरेको आरोपबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै एमालेले संसद् बैठक अवरोध गरेको हो । एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गर्नुभयो । त्यसपछि एमालेका सांसदहरू आफ्नो ठाउँबाट उठेर संसदमा अवरोध गरे । एमालेका सांसदहरूले अर्थमन्त्री शर्माको राजीनामा पनि मागेका छन् ।&...

सम्बन्धित सामग्री

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडाैँ – बिहीबार बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक बस्ने दिन र समय परिवर्तन गरेका […]

गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभा बैठक स्थगित

सांसदहरुको गणपूरक संख्या नपुग्दा प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सोमबारको प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक निर्णयार्थ पेश गर्न लाग्दा सांसदहरुको गणना गर्दा गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको हो ।तीन मिनेट घण्टी बजाउँदा समेत ५८ जना सांसदमात्रै बैठकमा उपस्थित रहेका थिए । गणपूरक संख्या पुग्न एक चौथाई अर्थात ६९ जना सांसद हुनुपर्छ ।

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं, ७ भदौ । प्रतिनिधि सभाको बैठक एक हप्ताको लागि स्थगित गरिएको छ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को अनुरोधमा भदौ १३ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो । एमालेले आजदेखि भदौ १२ गतेसम्म विभिन्न कमिटिको बैठक भएको भन्दै सभामुख समक्ष आग्रह गरेको थियो ।

प्रतिनिधि सभा बैठक स्थगित

५ भदौ, काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सूचना जारी गरी आजको बैठक स्थगित भएको जानकारी दिएका हुन् । आज बिहान ११ बजे बस्ने तय भएको बैठक ‘विशेष कारणवश’ बस्न नसक्ने सूचनामा उल्लेख छ । अर्को बैठक सोमबार दिउँसो १ बजे बस्ने छ । […]

प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं : सरकारको आग्रहमा आजको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै आजको बैठक स्थगित गरी अर्को बैठक भोलि  १ बजे बस्ने जनाएको हो।

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं, माघ २५ । बुधबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बुधबारका लागि तय भएको बैठक स्थगित भएको हुने भएको हो । कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर बैठक स्थगित गर्न आग्रह गर्नुभएको बताइएको छ । कानूनमन्त्रीको टेलिफोनपछि सभामुख सापकोटाले संसद सचिवालयका महासचिवमार्फत मंगलबार राति नै बुधबारका लागि […]

प्रतिनिधि सभा बैठक स्थगित, अब माघ १६ गते बस्ने

सोमवार तय भएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।  अब माघ १६ गते प्रतिनिधि सभा बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ । विभिन्न दलका सांसदहरू कोरोना संक्रमित भएको र देशमा पनि कोरोना संक्रमण बढ्दै गएका बेला सोमवारका लागि तोकिएको बैठक सारिएको हो ।

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ, १८ पुस । संघीय संसद् प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । संसद् सचिवालयले संसद्को‌ तेस्रो दल नेकपा (माओवादी केन्द्र)को महाधिवेशन चलिरहेकाले बैठक स्थगित गरिएको जनाएको हो। सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । माओवादी केन्द्रको आग्रहमा बैठक स्थगित गरिएको हो । सचिवालयले बैठक स्थगितबारे केही बेरमा सूचना प्रकाशित […]

प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको स्रोतले जानकारी दियो ।

प्रतिनिधि सभा बैठक स्थगित

आइतबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । स्रोतका अनुसार बैठक आगामी पुस २२ गते बस्ने गरी स्थगित गरिएको हो । आजको प्रतिनिधि सभा बैठक अघि बस्ने भनिएको कार्यव्यवस्था समितिको बैठक पनि स्थगित भएको स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।